
काठमाडौं, ४ पुस । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी उपरिक्षक (एसपी) हरुको सरुवा गरेको छ।
सरुवा सुची अनुसार जिल्ला प्रहरी कार्यलय चितवनमा गंगा पन्तलाई पठाइएको छ । चितवनका एसपी दान बहादुर मल्ललाई विमानस्थल प्रहरी कार्यालय काठमाडौं सरुवा गरिएको छ ।
धनुषामा रमेश कुमार बस्नेतको सरुवा भएको छ। त्यस्तै कंचनपुरमा मुकुन्द मरासनीको सरुवा भएको छ भने रवीराज खड्काको रौतहटमा सरुबा भएको छ। मकवानपुरमा सुशिल सिंह राठौरको सरुवा भएको छ भने रन्जु सिग्देललाई सिन्धुली पठाइएको छ।


