काठमाडौँ । पशुपति बहुमुखी क्याम्पस चाबहिलमा बीबीए चौथो वर्षमा अध्ययनरत विद्यार्थीको बसको ठक्करबाट मृत्यु भएपछि चावहिल क्षेत्रमा बिद्यनार्थीहरुले नाराबाजी गरेर क्षतीपूर्तीको माग गरेका छन् । सोमबार बिहान सुकेधारामा बा४ख ५९२० नम्बरको बसले हिँडिरहेकी २२ वर्षीया सृष्टि पन्तलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते पन्तलाई ओम अस्पताल लगिएको भएपनि उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
आक्रोशित विद्यार्थीले बसमा आगो लगाइदिएका छन् । अहिले चाबहिल क्षेत्र तनावग्रस्त रहेको महानगरीय प्रहरी परीसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।