
काठमाडौं, ७ पुस । नेपाल प्रहरीले राजधानीका विभिन्न ठाउँमा विशेष अपरेशन चलाएको छ ।
नेपालमा रहेर गैरकानुनी गतिविधिमा समलग्न ८० जना नागरिकलाई प्रहरीले मनमैजु, ठमेल र बालाजु क्षेत्रबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अधिकांश चिनिया नागरिक रहेका छन् ।
राजधानीको मनमैजु क्षेत्रमा एक घरमा प्रहरीको ठूलो समहले घेरा हालेको छ ।
आइतबार प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबी, प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखाले विशेष अपरेशन चलाएको बताइएको छ ।
उनहरु नेपालको बैंकीङ क्षेत्रमा ह्याक गर्न सक्रिय रहेको अनुमान प्रहरीको छ ।