
काठमाडौं, १० पुस । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्ध विच्छेद मुद्दामा मिलापत्र भएको छ । यद्धपी सञ्चार माध्यममा भने सम्बन्ध विच्छेदको समाचार सार्वजनिक भइरहेका छन् । यस विषयमा ढकाललाई दियोपोस्टले सम्पर्क गर्दा भने उनले ‘फेक न्युज’ भएको बताए ।
‘यो फेक न्युज हो । म फाइन्ड आउट गर्दैछु,’ ढकालले भने ।
बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद मुद्दाको पेशी भने देखिएको छ ।
न्यायाधीश विदुर कोइरालाको इजलासको पेशी सुचीको कैफियतमा भने सम्बन्ध विच्छेद मुद्दामा मिलापत्र भएको उल्लेख गरिएको छ ।