काठमाडौँ, पुष ९ । बुधबार साँझ चर्चित गायक रामकृष्ण ढकालले श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेको समाचार निकै भाइरल बन्यो । लोकप्रिय अनलाईन मिडियादेखि सामाजिक संजालसम्म रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालले सम्वन्ध विच्छेद गरेको समाचार सनसनी बन्यो ।
दियोपोस्टको सम्पर्कमा आएका गायक ढकालले भने आफुहरुले सम्वन्ध विच्छेद नगरेको स्पष्टीकरण दिएका छन् । उनले संचारमाध्यमहरुले छापेको समाचार सरासर झुट भएको दावि गरेका छन् ।
संचारमाध्यम र सामाजिक संजालमा रामकृष्ण ढकालको सम्बन्ध विच्छेदलाई लिएर विभिन्न किसिमका टिकाटिप्पणी हुन थालेपछि उनै ढकालले सामाजिक संजालमार्फत सम्बन्ध बिच्छेद नभएको जानकारी दिएका छन् । उनले जोसुकैले जेसुकै भनेपनि आफुहरुको सम्बन्ध कहिल्यै पनि नमर्ने उल्लेख गरेका छन् ।

सामाजिक संजालमा आफु र पत्नी निलम शाह ढकालको तस्बीर राख्दै उनले लेखेका छन् ‘नो म्याटर ह्वाट अदर्स से, आवर बोण्ड नेभर डाइज्’