भारत विरुद्ध मोइजेज हेनरिक्स भित्रिए, अबोट्ट बाहिरिए

दियो पोस्ट  

काठमाडौं, मंसिर २९ गते । भारत विरुद्धको टेष्ट श्रृखंलाका लागि अष्ट्रेलियाले मोइजेज हेनरिक्सलाई टोलीमा स्थान दिएको छ । क्यामरुन ग्रिन घाइते भएपछि उहाँको स्थानमा सिन अबोट्टलाई पहिलो टेष्टमा स्थान दिइएकोमा अबोट्ट घाइते हुँदा हेनरिक्स भित्रिएका हुन् । सिन अबोट्ट दोस्रो टेष्टमा फर्किने अनुमान गरिएको छ ।


क्रिकेट अष्ट्रेलियाका अनुसार ग्रिन, हेनरिक्स र मिसेल स्टार्क एडीलैड प्रस्थान गरेका छन् । मांसपेशीमा समस्या आएपछि हेनरिक्स भारत विरुद्धको अभ्यास खेलबाट बाहिरिनुभएको थियो । सोमबार उहाँले फिटनेश परीक्षणमा खरो उत्रिनुभयो ।

अष्ट्रेलियाले भारत विरुद्धको टेष्ट श्रृखंलाका लागि ओपनर ब्याट्सम्यानको रुपमा मार्कस हयारिशलाई टोलीमा स्थान दिएको थियो । तर अभ्यास खेलमा उहाँको मस्तिष्कमा चोट लागेपछि विल पुकोस्कीले स्थानान्तरण गर्नुभयो ।


भारत विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय र टी ट्वान्टी श्रृखंलामा हेनरिक्सले चार वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्नुभएको थियो ।