काठमाडौ, १५ पुस । चलचित्र ‘गणपती’ को औपचारिक घोषणा भएको छ ।
मंगलबार एक कार्यक्रमकाबीच चलचित्र निर्माणको घोषणा भएको हो ।
‘स्ट्रिट फिल्म्स् ईन्टरटेन्मेटको ब्यानरमा निर्माण हुन लागेको चलचित्रका निर्देशक सविन अधिकारी हुन् । कथा र संवाद अधिकारी कै रहने उक्त चलचित्रलाई लक्ष्मण थापा, विज्ञान के सी र अरविन्द अधिकारीले निर्माण गर्ने भएका छन् ।
‘भगवान् र मान्छे बीचको फरक’ अर्थात सामाजिक कथामा अधारित चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, मेनुका प्रधान, जयनन्द लामा, सूर्यमाला लामा, प्रकाश घिमिरे र राजाराम पौडेल लगायत कलाकारको अभिनय रहने छ । तनहुँ र आसपास छायाङ्कन रहने चलचित्र माघदेखि फ्लोरमा जाने निर्माण टिमले बताएको छ ।