मिस युनिभर्स नेपाल २०२० अनिष्का शर्मा

दियोपोस्ट संवाददाता

काठमाडौ, १६ पुस ।मिस युनिभर्स नेपाल २०२० को उपाधि २४ वर्षिया अनिष्का शर्माले जितेकी छन्।

राजधानीमा बुधबार आयोजित फाइनलमा अष्ट्रेलिया निवासी शर्माले सहभागी १७ प्रतिश्पर्धिलाई पछि पार्दै उपाधि हात पारेकी हुन्।

उनलाई पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले ताज लगाइदिइन् ।
जितसँगै अनिष्काले १० लाख नगद र मिस युनिभर्सको अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिने मौका पाउनेछिन्।


शर्माले मिस फियर्सको सब–टाइटल पनि जितिन् । मिस नेपाल अमेरिका सुजिता बस्नेतले फस्ट–रनरअपको उपाधि जितिन् ।

नीनाकान्त मण्डलले सेकेन्ड रनरअपको उपाधि जितिन्। न्यान्सी खड्का फोर्थ रनरअप भइन्।

सम्बन्धित खबर

सिफारिस