करण चौधरीले किर्ते गरेको आरोप, सिआइबीमा जाहेरी दिने तयारी !

diyopost.com
दियो पोस्ट  शुक्रबार, मंसिर १७, २०७८ | १७:३९:०६

काठमाडौं । नाडाको अध्यक्षमा उम्मेदवारी दिएका करण चौधरीमाथि किर्ते गरेको आरोप लागेको छ । निर्वाचन हार्ने देखिएपछि चौधरीले विभिन्न कम्पनिको लेटरप्याड, छाप र हस्ताक्षर समेत किर्ते गरेको आरोप उनीमाथि लागेको छ ।

उनले किर्ते कागजात तयार पारेको भन्दै नाडाका सय भन्दा बढी सदस्यहरुले बदर गर्न माग गर्दै नाडाको सचिवालयमा उजुरी गरेका छन् ।

ती सदस्यहरुले शुक्रबार दिउँसो सम्म कुनै सुनवाई नभए प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिने तयारी गरेका छन् ।
चौधरीले भूमिगत कम्पनि मार्फत गाडीका सेवाग्राहीमाथि मिटरब्याज ठगी गर्दै आएका छन् ।

सम्बन्धित खबर