मिनेन्द्र रिजालको राजिनामाले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई तनाव !

diyopost.com
दियो पोस्ट  शुक्रबार, पौष ०२, २०७८ | २३:४६:०२

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका निवर्तमान रक्षामन्त्री मिनेन्द्र रिजालले मत परिणाम घोषणा नहुँदै राजिनामा घोषणा गरे ।

मत परिणाम सार्वजनिक भएको केहीबेरमै विहिबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजिनामा बुझाए ।

‘पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको स्पष्ट छ । यस कुरालाई हृदयंगम गर्दा मैले रक्षा मन्त्री पदमा रही रहनु नैतिक रुपमा उपयुक्त हुन्न । तसर्थ रक्षा मन्त्री पदबाट राजिनामा दिएको छु,’ उनले राजिनामा पत्रमा भनेका छन्।

रक्षामन्त्री रिजालले पार्टी भित्रको आन्तरिक चुनावमा पराजित हुँदा राजिनामा दिएपछि उनको तारिफ भइरहेको छ । उनले नैतिकताको खडेरी लागेको नेपालको राजनीतिमा उच्च राजनैतिक चरित्र प्रदर्शन गरेको भन्दै चौतर्फी प्रशंशा भइरहेको छ । किन भने दुई पटकसम्म गरेको संसद विघटन सर्वोच्च अदालतबाट अवैधानिक ठहर हुँदा समेत नैतिकताको आधारमा राजिनामा नदिने निवर्तमान प्रधानमन्त्री केपी ओलीले नै सबैभन्दा धेरै नैतिकता र सुशासनको भाषण गर्ने देश हो यो ।

रिजालको राजिनामाले सबैभन्दा ठूलो नैतिक संकट एक जना मुख्यमन्त्रीलाई परेको छ । सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई नैतिक संकट परेको हो ।

सहमहामन्त्रीमा पराजित भएपछि उनलाई मिनेन्द्रकै सिको गर्ने की नगर्ने भन्ने दुविधा छ ।

सम्बन्धित खबर