काठमाडौं । अमेरिकी प्रतिनिधि सभाको सभामुखमा रिपब्लिकन पार्टीका नेता केभिन म्याकार्थी चयन भएका छन्। १५ औं चरणको मतदानपछि शनिबार म्याकार्थी सभामुख चयन भएका हुन्।
यसका साथै प्रतिनिधि सभामा पछिल्लो केही दिनदेखि चलिरहेको राजनीतिक गतिरोध पनि अन्त्य भएको बताइएको छ। ५७ वर्षीय म्याकार्थीले प्रतिनिधि सभामा डमोक्रेटिक पार्टीकी ८२ वर्षीय न्यान्सी पेलोसीको स्थान लिएका छन्।
८ नोभेम्बरमा भएको मध्यावधि चुनावपछि ४३५ सदस्यीय प्रतिनिधि सभामा रिपब्लिकन पार्टीका २२२ सदस्य थिए। यसका साथै डेमिक्रेटिक पार्टीको बहुमत सकिएको छ।