काठमाडौं । बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल विवाहको मिति तोकिएको छ ।
उनीहरू २३ जनावरी अर्थात् माघ ९ गते विवाह गर्दैछन्। तर दुवैको परिवारबाट विवाहबारे कुनै प्रतिक्रिया आएको छैन।
भारतीय सञ्चारमाध्यम इटाम्सका अनुसार उनीहरूको विवाह सुनिल शेट्टीको खंडालास्थित बंगलामा हुन लागेको हो।
दुवैको परिवारले विवाहको तयारी सुरू गरिसकेका छन्। विवाहको समारोह तीन दिनसम्म चल्नेछ। २१ र २२ तारिखमा हल्दी, मेहन्दी र संगीतको कार्यक्रम हुनेछ।
सुनिल र शेट्टी परिवार निकटका फिल्म उद्योगका सबैजसोलाई निम्तो दिइने पनि बताइएको छ। त्यस्तै केएल राहुल निकटका क्रिकेटरहरूलाई पनि बोलाइनेछ।