काठमाडौं । नेपाली क्रिकेट टोलीका विकेटकिपर आसिफ शेखलाई आईसीसी स्प्रीट अफ क्रिकेट अवार्ड प्रदान गरिएको छ । आईसीसीको वार्षिक अवार्ड पाउने आसिफ पहिलो नेपाली क्रिकेटर हुन् ।
ओमानमा भएको चार देशसम्मिलित टी–२० क्रिकेट श्रृखलामा आसिफले आयरल्यान्डका एन्डी म्याकब्रिनलाई रन आउट गर्ने अवस्था भएपनि फिल्डरसँग ठोक्किएका कारण उनले गरेका थिएनन् ।