दुवईमा सयौ नेपाली अलपत्र : ३ करोड रकम उठाएर प्रजिल पराजुली फरार

दुवईमा प्रजिलको ठगीधन्दा :

- दियोपोस्ट  

दियोपोस्ट सम्वाददाता

युएई । झापा धुलाबारीका प्रजिल पराजुली अहिले दुवई बस्छन् । दुवईमा उनले ग्रिन हिमालय क्लिनिङ सर्भिस नामक कम्पनी सञ्चालन गर्दै आएका छन् । त्यही कम्पनीको आढमा प्रजिलले दुवईमै रोजगरीमा रहरेका नेपालीहरुबाट तीन करोड भन्दा बढी रकम ठगी गरेका छन् । दुवईमा बस्ने प्रजिलले आकर्षक रोजगारी लगाईदिने र अवश्यकता अनुसार दुवईको बैंकबाट ऋणसमेत निकाली दिने भन्दै आफ्नै नेपाली दाजुभाईको करोडौ रुपैया ठगी गर्दै आएको तथ्य सार्वजनिक भएको छ ।

दुवईमा रहेका पराजुलीले ७० जना नेपालीहरुबाट ३ करोड २१ लाख २१ हजार रुपैया उठाएका छन् । पराजुलीले दुवईमा कार्यरत नेपालीहरुलाई युरोप र अमेरिका पठाईदिने प्रलोभनमा पारेर रकम उठाएका हुन् । पीडितहरुले दुवई स्थित गैर आवासिय नेपाली संघ (एनआरएन)मा समेत उजुरी गरिसेको दुवईमा कार्यरत भिम मल्ल ठकुरी बताउछन् । ठकुरीका अनुसार प्रजिल पराजुलीले ७० जना नेपालीलाई ठगी गरेको आरोप उजुरीमा उल्लख गरिएको छ ।

यतीमात्रै नभई पराजुलीको ग्रिन हिमालय क्लिनिङ सर्भिस दुवईको कम्पनीमा कार्यरत सयौ कर्मचारीलाई पारिश्रमीक समेत नदिई अहिले बेपत्ता भएका छन् । पराजुली बेपत्ता भएपछि कार्यरत कर्मचारीले सामाजिक सञ्जालमार्फत पराजुलीको तस्बीर सार्वजनिक गरेर हारगुहार मागिरहेका छन् । तर सरोकारवाला निकायले भने हालसम्म ध्यान दिएको छैन् ।

प्रजिलको काण्ड यतिमात्रमा कहाँ सकिनछ र, उनले दुवईमा काम लगाईदिने भन्दै नेपालबाट २ लाखदेखि ५ लाखसम्म असुली गरि नेपाली कामदारलाई दुवई पु¥याएका छन् । यतीका रकम असुली गरेर दुवई पु¥याएपनि त्यहा पु¥याईएका नेपाली कामदारलाई आजसम्म न कुनै काम नदिएर अलपत्र अवस्थामा राखीएको युवराज गौतम बताउछन् ।

युवराज भन्छन् ‘मलाई पनि भिजिट भिषामा दुबई ल्याइएको हो । काम लगाई दिन्छु भनेर प्रजिल पराजुलीले त्यसबेला १६ हजार दिराम लियो तर काम दिएन् । त्यसबेला कुनै समय पानी मात्र पिएर पनि बाँचेको छु ।’ उनी भन्छन,’ यहाँ मात्रै होइन नेपालबाटै आएका २५ जनाभन्दा बढी नेपाली ठगिएका छौं । युवराज गौतम भन्छन् म आमा विरामी भएर नेपाल आएको छु । अब केही समयपछि काठमाडौ आउछु र उजुरीको प्रकृयामा गर्ने छु ।’

प्रजिल नेपाल कारागारमा सजाय भोगेका कोमलराज उपाध्यायसँग मिलेर अहिले दुवईमा बसेका हजारौ नेपालीलाई ठगी गरेको खुलेको हो । कोमलराजले त्रिनेत्र म्यानेजमेन्टको नाममा ठगी गरेका थिए भने, पराजुलीले ग्रिन हिमालय क्लिनिङ सर्भिस नामक कम्पनीको आढमा । यी दुवै कम्पनी दुवईमा छन् ।

पीडितहरुको नामावली :
धनकुटाकाः युवराज बिश्वकर्मा, डिल्लीराम विश्वकर्मा, नविन विश्वकर्मा, भीमबहादुर विश्वकर्मा, सन्तोष विश्वकर्मा, शम्भु विश्वकर्मा, तिर्थ बि.के., अमृत विश्वकर्मा, अशोक विश्वकर्मा, गोविन्द विश्वकर्मा, दोर्ना घाटानी, घनेन्द्र विश्वकर्मा, दिल कुमार बराइली, गोविन्द विश्वकर्मा, अशोक विश्वकर्मा, अजय विश्वकर्मा, भीम विश्वकर्मा । संखुवासभाकाः भोलामान सुनवारी, ध्रुव कुमार गडाल, देवबहादुर विश्वकर्मा, सुरेश विश्वकर्मा, डेडराज विश्वकर्मा, सशिकिरण पौडेली, उमेश बुढाथोकी, आशिम बुढाथोकी, लोकबहादुर बुढाथोकी, पुजन विश्वकर्मा, सन्तोष विश्वकर्मा, फडिन्द्र बुढाथोकी, बिनोद कोइराला, निल कुमार सुनचुरी, सुजन दाहाल । मोरङ्गकाः रेवत बि.के. । भोजपुरकाः सञ्जित विश्वकर्मा, रुपेश विश्वकर्मा, कुलबहादुर विश्वकर्मा । विरगंजका : पंकज कुमार गुप्ता, अनिल गुप्ता । तेह्रथुमका: कृष्णबहादुर विश्वकर्मा, सन्तोष बिक, कृष्ण विश्वकमा । सुनसरीका: मोहन गहतराज, महेश निरौला, रञ्जनराज धामी । इलामका: छविला विश्वकर्मा । सोलुखुम्बुका: मन कुमार खड्का, निर कुमार खड्का । भारतका: राजेश गुप्ता, रञ्जित । काठमाडौंका: रोशन घिमिरे । बाराका: समिम अन्सारी र पर्साका गुडु गुप्ता, सुरेस यादव, सर्वन गुप्ता, शेखर सिंह छन् ।