राष्ट्रियसभा निर्वाचन : वाग्मतीमा ३३० जनाले हाले मत

खुमा वली  

काठमाडौं । राष्ट्रियसभा सदस्यको १९ पदका लागि आज निर्वाचन भइरहेको छ । जसमध्ये चार पदका लागि वाग्मती प्रदेशको निर्वाचन कार्यालय हेटौँडामा पनि मतदान जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म वाग्मतीमा ३३० जनाले मतदान गरेका छन् । स्थानीयतहतर्फ २३७ मतदातामध्ये २२९ जनाले मत हालेका छन् ।

प्रदेशसभाका ११० मध्ये १०१ जनाले मत खसालेका छन् । मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको छ ।