राष्ट्र बैंकले कारबाही सिफारिस गरेको प्रभु बैंक संचालक शर्मालाई सीआइबीद्वारा उन्मुक्ति

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रभु बैंक लिमिटेडका पूर्वअध्यक्ष तथा प्रभु ग्रुपका अध्यक्ष पूर्व सांसद देवी प्रकाश भट्टचन ठगी तथा राष्ट्र बैंक विरुद्धको कसुरमा फरार सुचीमा छन् । जिल्ला सरकारी वकिल कार्यालयले ठगी र राष्ट्र बैंक विरुद्धको कसुरमा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेपछि उनी फरार सुचीमा परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबीले) गत कार्तिक ११ गते ललितपुरको गोदावरीबाट भट्टचनलाई पक्राउ गरि मुद्दा चलाएको थियो । ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा पक्राउ गरिएका भट्टचनलाई सरकारी वकिल कार्यालयले २६ कार्तिकमा हाजिरी जमानीमा छाडेको थियो ।

ठाकुर प्रसाद मानन्धरलगायतको जाहेरीका आधारमा प्रभु समुहका अध्यक्ष भट्टचन, कुसुम लामा, दक्ष पौडेल लगायतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।

सीआईबीले अनुसन्धान गरेको यो मुद्दामा प्रभु मनि ट्रान्सफरले नेपाल राष्ट्र बैङ्कबाट रेमिट कारोबारको लाइसेन्स लिएर प्रभु म्यानेजमेन्टलाई ‘सुपर एजेन्ट’ को रूपमा नियुक्त गरेको तर, सो सम्झौताका आधारमा विभिन्न सहकारीमार्फत भुक्तानी भइरहे पनि ती रकम कम्पनीले सहकारीलाई फिर्ता नगरेको उजुरी परेपछि पक्राउ गरेर अनुसन्धान गरेको थियो । अभियोग पत्र अनुसार यो मुद्दामा पीडितको संख्या ४ सय ५० हाराहारीको छ । भने भट्टचन समुहले २ सय ४० करोड रुपैयाँ भन्दा बढी ठगी गरेका छन् । यसरी भएको संगठित अपराधको मुद्दामा प्रभु बैंकका एक संचालकलाई भने उन्मुक्ति दिइएको पाइएको छ । ती संचालकलाई राष्ट्र बैंकले समेत कारबाही सिफारिस गरेको भएपनि सीआइबीले उन्मुक्ति दिएको हो । तीनै संचालकले हाल प्रभु बैंकमा शर्मा थरका एक व्यक्तिलाई सीईओ बनाउने भन्दै चलखेल गरिरहेको समेत खुलेको छ ।

हाल प्रभु बैंकको संचालक समिति सदस्य रहेकी अम्बिका शर्मा लामिछानेलाई सीआइबीले मुद्दा नै नचलाई उन्मुक्ति दिएको पाइएको हो ।

नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय सँस्थालाई जारी एकीकृत निर्देशन २०७७ को निर्देशन नम्बर ६\ ०७७ को बुँदा न. ८ को खण्ड क(३) को व्यवस्था विपरित प्रभु मनि ट्रान्सफर प्रा.लि र प्रभु बैंक लिमिटेडबीच अवैधानिक कारोबार भएको भेटिएपछि २०७७\७८ को तेश्रो त्रैमासमा राष्ट्र बैंकले प्रभु बैंकका अध्यक्ष भट्टचन, संचालक अम्बिका लामिछाने लगायत अन्य संचालक एवं बैंकका प्रमुख कार्यकारी अधिकृतलाई समेत नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२) को खण्ड ( क) बमोजिम कारबाही गरेको थियो । सोही अभियोगमा छानबीन गरेको सीआइबीले लामिछानेलाई भने शक्तिकै आडमा उन्मुक्ति दिइएको पाइएको छ ।

सिफारिस