विद्यार्थीलाई युएई मार्फत विभिन्न मुलुक पठाउँछु भन्दै ठगी गर्ने गिरोहमाथि सीआइबीको अपरेशन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । विद्यार्थीहरुलाई युएई हुँदै फ्रान्स र अष्ट्रेलिया लगायत मुलुक पठाइदिने भन्दै ठगी गर्ने गिरोहलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पक्राउ गरेको छ ।
सीआइबीले ६ जना कन्सल्टेन्सीका सञ्चालकहरूलाई पक्राउ गरेको हो । १३ जना विद्यार्थीहरूलाई ठगेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३१ मा सञ्चालित बेष्ट पाथ एजुकेसन प्रालिका सञ्चालक २९ वर्षीय कृष्ण थापा, काठमाडौँ–७ मा सञ्चालित मर्सि एजुकेसन कन्सल्टेन्सीका सञ्चालक रामचन्द्र टन्डन, काठमाडौँ–३१ स्थित सिटीहव एजुकेसन नेटवर्कका सञ्चालक सुवास सिलवाल क्षेत्री, लजिम्पाटस्थित कान्तिपुर अबरोड कन्सल्टेन्सीका सञ्चालक ४८ वर्षीय हेमराज भट्ट र कान्तिपुर कै अर्का सञ्चालक ४८ वर्षीय दामोदर ढकालसहित ६ जना छन् । कान्तिपुर अबरोडका अर्का सञ्चालक ठाकुर ढुंगाना भने फरार सुचीमा छन् ।

कन्सल्टेन्सी सञ्चालकहरूले उच्च शिक्षा अध्ययन गराउने नाममा युएईको ट्रेनिङ्क इन्स्टिच्युटहरूमा पठाएर प्रतिव्यक्ति ८ लाख देखि २२ लाखसम्म लिएको पीडितहरूले दाबी गरेका छन् । पुस ३० मा पक्राउ गरेका उनीहरूमाथि ब्युरोले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका हेमराज भट्ट कान्तिपुर होलिडेज नामक कम्पनिका महाप्रबन्धक समेत हुन् ।