काठमाडौं, पुस २० रोकिराखेको मिनीटाटा गाडी सडकबाट खस्दा ठूलो मानवीय दुर्घटना टरेको छ । बुधबार राती काभ्रे पनौती नगरपालिका १ स्थित मानेपोखरीमा सामान बोक्ने गाडी खसेर भूकम्पपछि बनाएको घरको छानोमाथि झरेको थियो ।
सडकबाट दुई तीन बल्ड्याङ खाएर घरको छानामाथि गाडी बज्रन पुगे पनि सोाही घरमा सुतेका बालबालिका ज्यान संयोगले बाँचेको छ । बालबालिकाहरु ८ देखि १२ वर्षसम्मका छन् । स्थानीय केदारप्रसाद सापकोटाको दुई छोरा र एक छोरी अघिपछि घरको माथिल्लो तल्लामा सुत्ने गरेका थिए । तर, मलछाप्रोले तर्साउने गरेको भन्दै बुधबार राती भने घरको भुइतल्लामा सुत्नाले उनीहरु ठूलो दुर्घटनाबाट बच्न पुगेका हुन् ।
रोकिराखिएको ड्राइभरसहितको गाडी अनियन्त्रित भई सडकबाट खसेको बताइएको छ । गाडी खसेर छानामाथि पुगेपछि तानेर निकालिएको छ । घर बनाउँन सामान बोक्न यो गाडीको प्रयोग गरिने गरिएको थियो ।