रेशम चौधरीलाई सपथः बाबुरामको साथ, कांग्रेसको विरोध, के भन्छन् नेताहरु ?

दियो पोस्ट  

काठमाडौँ, पुष २० । टीकापुर हत्याका आरोपी रेशम चौधरीलाई विहीबार प्रतिनिधि सभा सांसदको सपथ ग्रहण गराईयो । हत्यामा संलग्न भएको आरोप लागेका व्यक्तिलाई सांसद बनाइएको भन्दै चौतर्फी आलोचना भए । शुक्रबारको दैनिक पत्रिकाहरुले पनि यसलाई प्राथमिकताका साथ छापे । सत्ता बाहिरका राजनीतिक दलका नेताहरुले यसको उग्र विरोध गरे । सामाजिक संजालमा रेशम चौधरीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणीहरु आएका छन् । लोकतान्त्रिक गणतन्त्रात्मक देश भनेर नेपाललाई परिभाषित गरिँदै गर्दा हत्या आरोपीहरुलपे सार्वजनिक पद धारण गर्न मिल्छ ? भन्ने खालका प्रश्नहरु चौतर्फी रुपले आईरहेका छन् ।

सिंहदरबारबाट सपथ ग्रहण गराई पुन जेल लगिँदै गर्दा रेशम चौधरीले आफु निर्दोष रहेको कुरा पत्रकारहरु संग बताएका थिए । पुर्पक्षका लागि ३ बर्षसम्म जेलमा राख्न नपाईने प्रावधान रहेका बताउँदै आफुलाई दोषी प्रमाणित गर्न चुनौती समेत दिए । उनका कुराहरुले पनि सामाजिक संजालमा स्थान पाएका छन् ।

पत्रकार भुषण दाहालले रेशम चौधरीलाई सपथ दिनु जायज भएको लेखेका छन् । उनी लेख्छन, जो कोही कानुन जानकार, कृपया मेरो प्रश्नको जवाफ खोज्दिनुस् । हत्या आरोपित महानुभावले सभासदको सफथ लिनु भयो किनकि वहाँले चुनाव जित्नु भएको थियो । मानेँ, तर निज माननीय सभासदलाई फेरी जेल चलान सोही आरोपमा ? के हो यसको उत्तर ?

यसै विषयलाई लिएर नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पनि ट्वीटरमा आफ्नो बिचार ब्यक्त गरेका छन् । उनले रेशम चौधरीको पक्षमा अभिव्यक्ति दिएका छन् । उनले लेखेका छन् ,‘रेशम चौधरीवारे विवाद विडम्वनापूर्ण! टीकापुरमा मान्छे मर्नु दुस्खद छ।तर त्यसमा रेशम र अरू २६ जनाको संलग्नता पुष्टी भएको छैन१शंकाकै भरमा निर्वाचित सांसदलाई शपथ नै नगराउनु पंचायतकालमा रामराजालाई नगराए जस्तै हैन र ? कांग्रेस–कम्युनिष्टका त्यस्तै विद्रोह क्रान्ति हुने,थारूका चाहिं अपराध ?

नेपाली कांग्रेसका नेता धनराज गुरुङले सरकारको यस किसिमको कदमप्रति खँदिलो व्यंग्य गरेका छन् । उनले लेखेका छन्, ‘सरकारले काम गरेन भन्नेहरुले सरकारले काम गरिरहेको देख्दैनन्। सरकारले काम गरेकै छ त! सरकारले रेशम चौधरीलाई पहिले जुश खुवाउनु प(यो,अहिले शपथ खुवाउनु पर्यो,केहि महिना पछि मन्त्री बनाउनु पर्ने होला। सरकार व्यस्त भएकोले निर्मला पन्तको हत्यारा पत्ता लगाउन समय लागेको होला।

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले रेशम चौधरीलाई सपथ ग्रहण गराउन सरकारले गरिरहेको तयारीका विषयमा सामाजिक संजालमा विचार पोखेका छन् । उनले ट्वीटरमा पोखेका बिचार यस्तो छ ,‘संवैधानिक सर्वोच्चता साझा सहमति र मुलुकको अग्रगतिको मुल बाटो हो । निश्चित दल बिशेषको सरकारलाई गणितीय बल थप्ने नाममा यो दायरा उलंघन गरिनु नैतिक र राजनैतिक दुवै कोणबाट गलत छ ! अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपिलाई ताजपोशी गराउने तयारीले कानुनी राज्यको खिल्ली उडाएको छ । ’

ट्वीटरमै जैनेन्द्र जीवन लेख्छन्, ‘रेशम चौधरीको प्रतिनिधि सभा सदस्यका हैसियतमा शपथ ग्रहण प्रसंग -संबिधान र प्रतिनिधि सभा नियमाबलीमा रहेको छिद्रमा टेकेर राजनीतिक लाभ, संझौताका लागि जघन्य अपराधका आरोपीलाइ प्रोत्साहन गरेकामा प्रधानमन्त्री, सभामुख सबैका लागि लाज हुनुपर्ने बिषय ।

ट्वीटरमा नै सुर्यराज आचार्य लेख्छन् ,ऐ कानुनि राज्य,
रेशम चौधरीलाई पहिले सपथ खुवाउन नमिल्ने, अहिले चैं मिल्ने, के कारणले होरु लौन खुलाई पाउँ! न्यायिक प्रकियाबाट नयाँ निर्णयमा पुगिएको हो कि, यो सिर्फ ुसुविधाु को राजनीतिक निर्णय हो। याद गर है, राज्य प्रति नागरिकको विश्वासमा पहिरो जाँदै छ!

TATA ADD