बाबुराम भट्टराई भन्छन्,‘वाईडबडी प्रकरणमा षड्यन्त्रको गन्ध आयो’

Diyo post  

काठमाडौं, पुस २२ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमले खरिद गरेको वाईडबडी खरिद प्रकरणमा षड्यन्त्रको गन्ध आएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत वाईडबडी प्रकरणमा लेखासमितिलँई पंगू बनाउने काम गर्न नहुने भन्दै षड्यन्त्रको गन्ध आएको बताएका हुन् ।

उनले आफ्नो दिसा सुवासिलो अरूको दिसा गनाउने भन्न नमिल्ने पनि बताएका छन् । भ्रष्टाचार क्यानसर भएकोले यसले सबैलाई खाने भएकोले न्यायोचित छानविन गर्न उनले आग्रह गरे ।

सम्बन्धित खबर