यस्तो अवस्थामा भेटिइन् विष्णु माझी, प्रहरीले भन्यो ‘विष्णुले बोल्न समेत सकिनन्’

Diyo post  

स्याङ्जा, २१ पुस । गुमनाम रहेकी गायीका विष्णु माझी लाई स्याङ्जा प्रहरीले छलफलमा ल्याएको छ ।
आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय श्याङ्जा अगाडि बा २ ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सीमा उनी पति सुन्दरमणि अधिकारीसँगै पुगेकी थिइन् । गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो र‌ंगको ओभर कोट लगाएकी, पुरै टाउको छोप्ने गरी कालो पछ्यौरा बेरेको, कालै माक्स लगाएकी उनी सिधै प्रहरी प्रमुख राज लम्सालको कार्यकक्षमा पुगेकी थिइन् ।

उनी हिँड्दा समेत उनका श्रीमान सुन्दरमणि अधिकारीले ईसारा गरे अनुसार हिँडेकीउनलाई तस्वीर समेत खिच्न रोखिएको थियो ।

प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी आइपुगेका हुन् ।

विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आइन्।
एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका थिए।‘

एसपी लम्सालले सुन्दरमणीलाई पटक पटक फोन गरेका थिए । एसपीले ‘विष्णुजी आउनु हुन्छकी हामी ल्याउँ ?’ भनेपछि सुन्दरमणिले ल्याएका थिए ।

विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए। सुन्दरमणिसँगै बसेका विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिने गरेको बताइएको छ।

छलफलका क्रममा सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको बताएका थिए। एसपी लम्सालका अनुसार छलफलमा विष्णुले बोलेकी थिइनन् । थोरै मात्रै बोलेकी थिइन् ।

विष्णुले लेख्न पढ्न र बोल्न समेत नजानेको बताइएको छ ।

सम्बन्धित खबर