वाइडबडी भ्रष्टाचारमा सुगतरत्न कंशाकरको संलग्नता ठहर,तत्काल निलम्वन गरि कारवाही गर्न सिफारिस

Diyo post  

काठमाडौँ, पुष २३ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगरत्न कंशाकरले भ्रष्टाचार गरेको सार्वजनिक भएको छ । उपसमितिले बुझाएको संसोधनसहितको प्रतिवेदन बाट लेखा समितीले वायु सेवा निगमका महाप्रवन्धक कंशाकरलाई कारवाही सिफारिस गरेको हो ।

तात्कालीन मन्त्रीहरु जीवनबहादुर शाही, जितेन्द्र नारायण देव र हालका वहालवाला मन्त्री रविन्द्र अधिकारीले पनि नैतिक जिम्मेवारी लिनुपर्ने उल्लेख गरिएको छ । तात्कालिन पर्यटन सचिव तथा हालका गृहसचिव प्रेम राईलाई भने विमान खरिद प्रकरणमा कुनैपनि हात नरहेको भन्दै क्लिन चिट दिएको छ ।

आफ्नो अधिकारको दुरुपयोग गर्दै वदनियतपुर्वक पुरानो विमान खरिद गर्ने प्रक्रिया अगाडी बढाउने प्रकरणमा मुख्य भुमिका खेलेको भन्दै उनलाई दोषि ठहर गरेको छ । उनले अख्तियारको दुरुपयोग गरि भ्रष्टाचार गरेको र कानुन बमोजिम तत्काल निलम्बन गरि हदैसम्मको दण्डसजाय गर्न सिफारिस गरेको छ ।

त्यसैगरि पर्यटन सचिव कृष्णप्रसाद देवकोटार र पुर्वसचिव शंकर अधिकारीलाई पनि थप छानविन गरी कानुनी कारवाही अगाडी बढाउन सरकार र अख्तियारलाई निर्देशन दिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पूर्वसचिव अधिकारीले विनियमावलीको दफा २३६ ९२० अनुसार विमान खरिद प्रक्रिया अघि बढाई बोलपत्र स्वीकृत गरी निगमलाई ठूलो आर्थिक क्षति पुर्‍याएको समिथिको ठहर छ । वहालवाला सचिव देवकोटाले महालेखाको प्रतिवेदनले विमान खरिद नियम संगत नभएको भनिसकेको अवस्थामा छानविन नगरी उल्टै अन्तिम किस्ताका रकम भुक्तानी दिएको समितिको ठहर छ ।

विमान खरिदका लागि बनाइएका उपसमितिमा रहेका र यो प्रकरणमा संलग्न अन्य व्यक्तिहरुमाथि पनि छानबिन गरी कारबाही गर्नुपर्ने लेखा समितिको निर्णय छ ।

प्रतिवेदनको बूँदा नम्बर पाँचमा उल्लेख गरिएको छ, ‘ वाइड बडी विमान खरिद सम्वन्धमा मन्त्रालय र निगमबाट प्राप्त विवरण तथा छलफलका आधारमा तत्कालीन मन्त्रीहरुमा माननीय जीवनबहादुर शाही, माननीय जितेन्द्र नारायण देव र हालका पर्यटनमन्त्री रविन्द्र अधिकारको संलग्नता सम्वन्धमा उपसमितिले निजहरुलाई नैतिक जिम्मेवारी लिन र कानुनसम्मत कारवाही सिफारिस गरेको विवरण समितिमा पेश भएकोमा महालेखा परिक्षकको प्रतिवेदनको सम्परिक्षण र बेरुजु फछ्र्यौट गर्ने जिम्मा लेखा उत्तरदायी अधिकृतका रुपमा मन्त्रालयका सचिवको प्रमख दायित्व हुने र सचिव नै वायुसेवा निगमको अध्यक्ष रहेको अवस्थामा सार्वजनिक खरिद ऐन २०६३ को विपरित हुनेगरि अनियमित तरिकाले विमान खरिद कारवाही अगाडी बढ्दा पनि विभागिय मन्त्रीको रुपमा वहाल रहेको अवस्थामा यथेयट सतर्कता नआएको देखिँदा निजहरुले नैतिक जिम्मेवारी लिन रनिजहरुलाई कानुन सम्मत कारवाही गर्न निर्देश दिने । ’

सम्बन्धित खबर