प्रयास पराजुली
काठमाडौं । सरकारी कार्यालयमा नातावाद कृपावाद हुने कुरा सबैले सुनकै हो । सरकारी नियुक्ती लिनको लागि निकै ठूलो तछाड मछाड पनि हुने गरेको छ । सरकारी नियुक्ती लिनको लागि साम दाम दण्डभेद सबै अपनाउने गरेका छन् । सरकारी संघ संस्थाको प्रमुख हुनको लागि निकै ठूलो आर्थिक चलखेल र दौडधुप हुने गरेको छ । सरकारले पनि मापदण्ड योग्यता र क्षमता भन्दा पनि मोटो रकम बुझाउनेलाई नियुक्ति गर्ने परिपाटीलाई पछिल्लो समयमा निरन्तरता दिदै आएको छ । सरकारी कार्याललाई दुहुनो गाईझैं बनाउने क्रम पनि चल्दै आएको छ । सरकारी निकायमा पहुँच पावर पैसा हुनेहरुकै हालिमुहाली छ ।
सहकारी संस्थाबाट पीडितहरुलाई न्याय दिलाउनको लागि सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति आयोजना गठन गरेर नै काम गरिरहेको छ । सुधिर वस्नेतले २२ अर्ब रुपैयाँ सर्वसाधरणहरुको पैसा खाइदिएपछि उक्त पैसा असुल गर्नको लागि सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति आयोजना गठन गरेको थियो । उक्त समितिले जुन उदेश्यको साथ गठन भएको हो । सो अुनसारको काम भने गर्न सकेको छैन्र । समितिको तत्कालिका अध्यक्ष गौरीबहादर कार्कीले सहकारी गठलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अगाडि बढाएको थियो ।
पीडित नै आयोजनाको अध्यक्ष
सरकारले केही समय अघि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको आयोजनाको अध्यक्षमा युवराज सुवेदीलाई नियुक्त गरेको छ । पुनरावेदन अदालतका मुख्य न्यायधिशबाट अवकाश भएकै दुई दिनपछि सुवेदीले अध्यक्ष बन्न सफल भएका व्यक्ती हुन् । आयोगका अध्यक्ष सुवेदी नै सहकारी पीडित रहेको पाइएको छ । उनले कारोबार गरेको ओरेन्टियल को–अपरेटिभ लि मैतीदेवीमा सञ्चालन गरेको १८ लाख डुबेको पाइएको छ ।
छोरालाई ड्राइभर, बुहारी पियन, बुबालाई गार्डको जागिर
सरकारी कार्यालयको निश्चित नीति र नियम छ । तर ती नियमलाई पाखा लगाउदै आयोगका अध्यक्ष सुवेदीले आयोजनामा छोरालाई ड्राइभरको रुपमा नियुक्ति गरेका छन् । उनको घर र कार्यालयको दुरी जम्मा एक सय मिटर मात्र छ । छोराले बुबालाई कार्यालयमा छोडेर गएपछि उनको अनामनगरमा होटल सञ्चालन गर्न जान्छन् । साँझ पाँच बजे उनी बुबालाई लिन आउने गरेका छन् । यस बापत तेलको पनि ठूलो मात्रामा दुरुपयोग हुँदै आएको छ । सुवेदी बुहारीलाई पनि आफ्नै कार्यालयमा जागिर दिएका छन् । उनको बुहारी कार्यालय सहयोगको रुपमा नियुक्त गरेका छन् । उनकी बुहारी बिहान एक घण्टा कार्यालयमा आउने र सामान्य टेबुल पुछपाछ गरेर आफ्नो श्रीमानले सञ्चालन गरेको होटलमा जाने गरेकी छिन् । उनको आफ्नो घर भएर पनि प्रलोभनमा आफ्नै ससुरा बुबालाई समेत कार्यालयको गार्डको रुपमा नियुक्त गरेका छन् । दिउसो फुर्सद हुँदा कार्यालयमा आएर गेट खोल्ने र अन्य कर्मचारीहरुलाई किन कार्यालय समय भन्दा अघि नै घर जान लागेको भनेर हप्की दप्की पार्ने गरेका छन् ।
सुवेदीले ससुरा विष्णु प्रसाद खतिवडालाई गेटपालेको रुपमा जागिर दिएका छन् । सालोलाई भने पार्ट टाईम चालकको रुपमा नियुक्त गरी ‘फूल टाईम तलब’ मा नियुक्त गरेका छन् । त्यस्तै बुहारी पर्ने दुर्गा देवि खतिवडालाई कार्यालय सहयोगीको रुपमा भर्ति गरेका छन् । ‘उहाँले आउने वित्तिकै आफन्तहरु भर्ति गर्न थाल्नु भयो । उहाँले नियुक्त गरेका मान्छे काम नगरी दाम लिन्छन्,’ एक कर्मचारीले भने,‘हामी दिन रात समस्याग्रस्त सहकारीको काम गरेर हैरान भएका छौँ । उहाँका मान्छे पार्ट टाईम काम फूल टाईम दाम लिन्छन् ।’
अध्यक्ष सुवेदीद्धारा सबैलाई हप्पीदप्की !
अध्यक्ष नियुक्त भएर आएपछि हुकुमी शैली देखाउदै उनले कार्यालयका सबै कर्मचारीलाई हप्कीदप्की गर्ने गरेका छन् । अध्यक्ष भएपछि सबैको कोठाकोठामा गएर यो सिसा किन फोहार ? यहाँ किन धुलो ? भनेर कर्मचारीलाई हैरान पार्ने गरेका छन् । कार्यालयमा अहिले २० जनाभन्दा बढी कर्मचारी रहेका छन् । ती मध्ये केही करारमा छन् । करारमा भएका कर्मचारीलाई हटाएर सकेसम्म आफ्नै नातागोतालाई जागिर खुवाउने पक्षमा अध्यक्ष सुवेदी रहेका छन् । कार्यालयका एक कर्मचारी भन्छन–, अध्यक्ष आउने जाने भइ नै रहन्छ तर यस्तो स्वभाव भएका अध्यक्ष अहिलेसम्म देखेका थिएनौ ।’ गाली गलोज गर्ने अशिष्ट भाषा प्रयोग गर्नमा अध्यक्ष निकै खप्पीस छन्, ती कर्मचारीले भने ।
सुवेदी भन्छन्,‘त्यस्तो छैन’
यस विषयमा हामीले समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष युवराज सुवेदीलाई सम्पर्क गर्दा उनले त्यस्तो नभएको दाबी गरे । ‘आएर हेरे भै गोनी । को–को भर्ती गरेको छ । त्यस्तो गरेको छैन,’ उनले दियोपोस्टसँग भनें ।