गोपाल खड्का विरुद्ध भ्रष्टाचार मुद्दा, १८ करोडभन्दा धेरै भ्रष्टाचार गरेको आरोप

Diyo post  

काठमाडौं, २३ पुस । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्का विरुद्ध १८ करोड भन्दा धेरै रकम भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो ।
अख्तियारले ७ करोड भन्दा बढी माग दावी गरेको छ ।

अख्तियारले आयल निगममा रहँदा खड्काले कमाएको सम्पत्ती (कानुनी) र उनले गरेको खर्च विवरण समेत उल्लेख गरि विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले खड्काले गैरकानुनी ढंगबाट कमाएका सम्पत्तीहरुको नालीबेली उल्लेख गर्दै भ्रष्टाचार भएको ठहर गरेको छ ।

वि.स २०६९ चैत्र २ गतेदेखि अनुसन्धान अवधिसम्म खड्काले पारिश्रमिकवापत ४० लाख ५७ हजार १ सय ५५ रुपैँया ४७ पैसा आम्दानी रहेको छ । उनले घरघडेरी बिक्रीवापत ५८ लाख ७५ हजार आम्दानी गरेको खुलाइएको छ भने सापटीबाट ५ करोड ३३ लाख ३६ हजार प्राप्त भएको उल्लेख गरिएको छ । त्यस्तै घर भाडाबाट १३ लाख ५६ हजार, नोकरीबाट अवकास हुँदा प्राप्त भएको आर्थिक सुविधा २९ लाख २२ हजार ६ सय ९८ रुपैयाँ २८ पैसा, पेन्सनबाट १४ लाख ७८ हजार ४ सय ८२ , विप्रेषणबाट ८ लाख २६ हजार ९ सय १३, गाडी बिक्रीबाट ३५ लाख आम्दानी भएको उल्लेख गरिएको छ । यसैगरि छोराबुहारीको पारिश्रमिकबाट ११ लाख ४ हजार ३ र सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०६९ चैत्र २ गते सम्म विभिन्न शीर्षकमा देखिएको आए १ करोड २० लाख १३ हजार ४ सय ९९ गरि कुल ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ आर्जन गरेका देखिएको छ ।

आयोगले खड्काले सार्वजनिक पद धारणा गरेदेखि अवकास हुँदासम्म उनले गरेका लगानीको समेत विवरण सार्वजनिक गरेको छ । विवरणमा खड्काले पद धारणा गरेदेखि अवकास प्राप्त हुँदासम्म ३ वटा घर किनेको उल्लेख गरिएको छ भने काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ११ ठाउँमा जग्गा किनेको पाइएको अख्तियारले जनाएको छ । उनले घरजग्गा खरिदमा ११ करोड ६१ लख ४३ हनार २ सय ६ रुपैयाँ ३१ पैसा शेयर खरिदमा १ करोड ६ लाख ४ हजार ऋणको सावाँब्याज भुक्तानीमा ४ करोड २२ लाख ९५ हजार २ सय ३९ , व्यक्तिगत रूपमा दिएको सापटी रु.१,२५,६०,०००।९, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग रु। १,१७,७५,०००।९, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च रु। २५,१४,६९५।९, गाडी खरिदमा १,१७,४२,०००।९, विभिन्न बैंकका ब्त्ः बाट सुपरमार्केटहरूमा खर्च गरिएको समेतका रकम रु। १,८०,१६,४४६।८२ र विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा मौज्दात रु। २,७१,५३,४२१।६४ समेत गरी खड्काले सार्वजनिक पदमा प्रवेश गरेदेखि गरेका अन्य खर्चहरुमा २ करोड २ लाख ७० हजार ३ सय ७१ ग्रि कुल २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपैया खर्च भएको देखिएको छ ।

उनले निगममा रहँदा गरेको आम्दानी र लगानी तथा खर्चलाई हेर्दा १८ करोड ६६ लाख पाँच हजार ६ सय २९ गैरकानुनी रुपमा आर्जन गरेको देखिएको हो ।
अख्तियारले खड्काले गैरकानुनी रुपमा कमाएको सम्पत्तीको जफत गरि भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५, दफा १६९ग० तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुन र निज गोपालबहादुर खड्का नेपाल सरकारको विशिष्ट श्रेणीको हैसियतको पदबाट अवकाश भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन र भ्रष्टाचार गरी गैरकानूनी रूपमा आर्जन गरेको चल अचल सम्पत्तिहरू साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ९ग० तथा दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२०, दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ९ख० बमोजिम जफत हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरेको छ ।

खड्काले आफ्नी श्रीमती शर्मिला खड्का र साशु अमिता लामा सोदेम्बाको नाममा करिब ८ करोडको सम्पत्ती लुकाएको समेत आरोप लगाएको छ । अख्तियारले निम्न सम्पत्तीहरु ऋमिता लामा सोदेम्बाको नाममा गरिएको उल्लेख गराउँदै उनिहरुलाई समेत प्रतिवादी बनाई विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

१. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. १९१ मा सि.जी. डेभलपर्सले निर्माण गरेको सि.जी. हिल्स हात्तीगौंडामा मूल्य रु. ३,२५,००,०००।- मा खरिद गरेको घर नं. ३२ ।
२. जिल्ला काठमाडौं साबिक बिष्णु बूढानीलकण्ठ गा.वि.स. वडा नं. ३ ख स्थित कित्ता नं.६८९, १४८२ र १५२० को मूल्य रु. ४०,११,८७५।- मा खरिद गरेको ८ आना जग्गा ।
३. मूल्य रु. ८४,४६,०००।- मा खरिद गरेको बा.१६च.८४८४ नं. को टक्सन गाडी । 
४. जिल्ला काठमाडौं साबिक महांकाल गा.वि.स. वडा नं. ४ स्थित कित्ता नं. ३५० मा सि.जी. डेभलपर्सले निर्माण गरेको घर नं. २२ खरिद गर्नका लागि भुक्तानी गरेको रु. ३,०५,००,०००।-
५. अमिता लामाको नाममा रहेको NMB बैंक र सिटिजन बैंकको खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेको देखिएको ।

सम्बन्धित खबर