ढुकुटीमा लाखौँ ठगी गर्ने रवि मानन्धर राष्ट्रिय सहकारी बैंकको सञ्चालक !

Diyo post  

काठमाडौं । नेपालमा अवैध कारोबारको रुपमा मानिने ढुकुटी धन्दा नै चलाएर ठगी गर्ने एक व्यक्तिलाई राष्ट्रिय सहकारी बैंकमा सञ्चालक समितिमा निर्वाचित गराईएको छ ।
नेपाली कांग्रेसको इँचगुनारायण नगर सभापति समेत रहेका केदार मानन्धरलाई केही दिनअघि सम्पन्न राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिमा निर्वाचित गराईएको हो ।


२०७२ साल भदौमा ढुकुटीमा ७५ लाख ठगी गरेको भन्दै मानन्धर र उनकी पत्नि शर्मिला मानन्धरलाई पक्राउ गरी कारबाही अघि बढाएको थियो ।


सितापाईलामा रहेको सीतापाईला बहुउद्देशिय सहकारी संस्थका अध्यक्ष रहेका उनले ढुकुटीबाट नृपेन्द्र श्रेष्ठलाई ठगी गरेका थिए । २५ लाख रुपैयाँको चेक बाउन्स भएपछि मानन्धरलाई प्रहरीले पक्राउ गरेको थियो ।


सहकारी बैंकको पदाधिकारी निर्वाचनका क्रममा नेकपाका नेता पशुपति चौलागाई र नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड शुभकामना दिन पुगेका थिए ।


नेपाली कांग्रेसबाट इचंगु नारायण नगरपालिकामा मेयरको दाबेदार हुँ भन्दै हिँडेका मानन्धरलाई अन्तिममा आएर भने ‘ढुकुटी ठग’ भन्दै टिकट दिन अस्विकार गरेको थियो ।


पुस २२ मा भएको निर्वाचनमा दोलखाका केवी उप्रेति राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा नियुक्त भएका छन् ।


राष्ट्रिय सहकारी बैंककको १५ सदस्यीय कार्यसमितिमा धेरैजसो पदमा सहमति जुटेपनि अध्यक्ष, खुला सञ्चालक र कर्णाली प्रदेश सञ्चालकमा सहमति नजुटेपछि निर्वाचन भएको थियो । खलातर्फ केदार मानन्धर, रामहरी बजगाइँ, ध्रुव नारायण यादव र माधवलाल देवकोटा तथा कर्णाली प्रदेश सदस्यमा हरिहरनाथ योगी निर्वाचित भएका थिए ।

सम्बन्धित खबर