सडक दुर्घटनालाई रोक्न कांग्रेसको ध्यानाकर्षण, संसदमा दर्ता भयो यस्तो प्रस्ताव

दियो पोस्ट  

काठमाडौं, २४ पुस । सडक दुर्घटनामा वर्षेनी दुई हजार जनाले ज्यान गुमाउनुपरेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसको तर्फबाट सांसद डां डिला संग्रौलाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छिन् । सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका तर्फबाट डा. डिला संग्रौला प्रस्तावक र सञ्जयकुमार गौतमका साथै रंगमती शाही समर्थक बसेर प्रस्ताव दर्ता गरेका हुन् ।

‘राजधानी काठमाडौं होस् या तराई, पहाड र हिमाल दुर्घटनामा मानिसको मृत्यु भैरहेको छ । तर यसतर्फ सरकारको ध्यान पुग्न सकेको छैन । असुरक्षित सडक र संवेदनहीन राज्य संयन्त्रका कारण दुर्घटना वढिरहेको छ’ जरुरी प्रस्तावमा भनिएको छ, ‘नेपाल प्रहरीका अनुसार तथ्याङक हेर्दा पछिल्लो ५ बर्षमा (२०१३÷१४ देखि २०१७÷१८ सम्म) ४० हजार ७ सय ७७ दुर्घटना भए जसमा ८ हजार ९ सय ८२ जनाको मृत्यु भएको छ । यसरी हेर्दा एक बर्षमा सरदर २ हजार व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेको तथ्याङक छ ।’

छलफल गर्नु पर्नाको कारण :
१. सडक सुरक्षाको व्यबस्थापन, सडक र यात्रालाई सुरक्षित बनाउन, यातायातका बहानहरुलाई सुरक्षित बनाउन, आवश्यक ज्ञान, शिक्षा र सचेतना प्रदान गरेर सडक प्रयोगकर्ताहरुलाई सुरक्षित पार्न र दुर्घटना पश्चातको उद्धार र स्याहारको व्यबस्थापन गर्न ।

२. २०२० भित्र सडकजन्य दुर्घटनाहरुमा ज्यान गुमाउने र घाईतेहरुको सख्या आदिले घटाउने लक्ष्य प्राप्त गर्न नेपाल सरकार लगायत सबै सरोकारवालाहरुको प्रतिद्धता सुनिश्चित गर्न ।

३. नेपाल सरकारले तयार पारेको राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२०२० अनुरुप सम्बन्धित सबै पक्षको जिम्मेवारी र जवाफदेही तय गरी नेपालका सडक यात्रु र सर्वसाधारणका लागि सुरक्षित तुल्याउन ।

कांग्रेसले संसदमा पेश गरेको प्रस्ताव यस्तो छ

TATA ADD

सिफारिस