विवेकशील साझा पार्टी फूट्यो, उज्वल थापाको नेतृत्वमा अर्को पार्टी दर्ता !

Diyo post  

काठमाडौं, २७ पुस । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी अन्तत फूटेको छ ।
अर्का अध्यक्ष उज्वल थापाले आफू सहित ४२ प्रतिशत सदस्य लिएर नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् ।

विभाजित भएको पार्टीमा रन्जु दर्शना सहित ३७ केन्द्रिय सदस्य रहेका छन् ।

केही साता अगाडी उज्वल थापाले पार्टीमा देखिएको निष्क्रियताले पार्टीको आगामी कार्यदिशालाई खलल पुर्याउने भन्दै संयोजक रवीन्द्र मिश्र र कार्यकर्ताहरुलाई २७ पृष्ठ लामो प्रतिवेदन पठाएका थिए ।

उनले पठाएको प्रतिवेदनमा पार्टी नेतृत्वले उत्तरदायी भुमिका नखेलेको भन्दै विभिन्न विषयमा कमजोरीहरुको उल्लेख गरिएको थियो । नेतृत्व तहबाट आवश्य पर्ने सर्कुलेशन पार्टीभित्र नदेखिएको, निर्वाचनअगाडी देखिएको लोकप्रियता बिस्तारै खस्किँदै गएको, कार्यकर्ताहरुबिच पार्टीको एजेण्डा र उद्धेश्यहरुमा काम गर्ने भावना नभएको लगायत विभिन्न किसिमका कमजोरीहरु देखाउँदै उचित नेतृत्वको अभावले नै पार्टीमा त्यस्तो अवस्था आएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

सम्बन्धित खबर