गुमनाम विष्णु माझीका चर्चित गीत : यस्ता छन् उनले गाएका सर्वाधिक लोकप्रीय गीत

गुमनाम विष्णु माझीका चर्चित गीत : यस्ता छन् उनले गाएका सर्वाधिक लोकप्रीय गीत

टि.पी शर्मा
काठमाडौं, २८ पुस ।


सालको पात टपरी हुनी, हे बरै नहुनी सल्लैको
तिम्रो माया कति छ कति हे बरैं नलाउ पछि हल्लैको


अहिले धेरै नेपालीको मुखमा झुण्डिने गीत यो । गीतमा सुमधुर महिला आवाज उनै परिचित स्वर विष्णु माझीको हो । जुन गीतले युट्युवमा नेपालको लोक दोहोरो गीतमा २ करोडभन्दा बढी हेरिने गीतमा आफूलाई उभ्याएको छ । रिलिज भएको चार महिना नपुग्दै यो गीत युट्युवमा २ करोडभन्दा बढी हेरिएको हो । छोटो समयमा यत्ति धेरै हेरिएको नेपालको यो पहिलो गीत हो । यही गीत नेपालको जिब्रोमा झुण्डिरहँदा विष्णु माझी गीतभन्दा बढी चर्चामा आइन हालसालै ।

सयौं लोकदोहोरी गीतमा सुमधुर आवाज दिएकी माझी पछि १२/१३ वर्षयता भने सार्वजनिक भएकी छैनन् । बजार तताउँने गीत ल्याउँने तर, आफैं भने भित्रभित्रै लुक्ने गरेको कारण पछिल्लो साता विष्णु माझीको चर्चा गीतभन्दा बढी भयो । विभिन्न संचारमाध्यममा उनी गुमनाम हुनुका पछाडि उनका पति सुन्दरमणि अधिकारीले बन्धक बनाएको चर्चा भयो ।


यसपछि उनको अवस्था पत्ता लगाउन उनको जोडीलाई स्याङजा प्रशासन र प्रहरीले जिल्ला सदरमुकाममैं बोलाएर सोधखोज गरेपछि उनको केही अवस्था पत्ता लाग्यो । आफू बन्धक नभएको तर, सामान्य लेखपढ मात्रै गर्न जान्ने, बोल्न धेरै नआउँने भएकोले आफू सार्वजनिक नभएको बयान उनले दिएकी थिइन् । तर, एउटा फोटा पनि बाहिर नल्याउँने, गीत गाउँन जाँदा पनि माक्स लगाउँने, घरमा फर्किदा पनि माक्स लगाउने भएपछि उनीबारे मानिसहरुमा उत्सुकता सकिएको थिएन र अझै पनि छैन ।


गीत गाएरै किन चर्चित छिन् माझी ?


यसरी धेरै खोजी गरिने गायिकमा दरिएकी माझी आखिर को हुन् । र, उनी गीत गाएरै किन चर्चित छन् भन्ने प्रश्न पनि छन् । ३० वर्षीय माझीले जुन गीत गाउँछिन् त्यो गीतले चर्चाको शिखर छुन्छ । यसैले उनलाई पछ्याउँने, हेर्न खोज्ने, उनको स्टेज कार्यक्रम हेर्न खोज्ने माग अत्याधिक छ । विदेशमा पनि उनको माग निक्कै हुने गरेको छ । तर, एउटा गीत गाएको ५० हजार रुपैयाँ लिने गरेको भनेर उनी चर्चित छन् । माझीलाई ‘भोकल कवीन अफ नेपाली फल्क सिंगर’ को रुपमा लिइन्छ । उनले १० भन्दा बढी गीतमा स्वर दिएकी छिन् । लोक दोहोरो गीतमा सबैभन्दा बढी चर्चा हुने, माग हुने र प्रतिगीत बढी रकम लिनेमा माझी सबैभन्दा अगाडि छिन् ।


यी हुन् माझीका चर्चित गीत


सालको पात टपरी हुनी, कसलाई सोध्ने होला, आकाश जुनकै हो, मै छोरी सलल, रुमाल हल्लाइ हल्लाई, नजाउ है सानु पधेरीमा, घामले नी पोल्यो जुनले नी जाडो भो, हरेराम हरेशिव, भेटै हुन्न होला र ?, बरु यसै दुःखी छु, कल्पनामा भए नी, सम्झि सम्झि, वर्खा लाग्यो, बोल्दै पर्दैन, त्यो मन रुन्न होला र ?, सुन सबैले सुन, सुपारी चाम्रो, घामले नी पोल्दियो उनका चर्चित गीतहरु हुन् ।


उनका चर्चित गीतको सूची यत्तिमैं सकिंदैन । यो गीत मैंले तिम्रै लाइ गाको हुँ …, पछ्यौरी लेउ बैना, मायालुको बोली, के भनौं यस्तै छ, हाइ मेरो फरिया, मै छोरी सलल जस्ता गीत पनि उत्तिकै चर्चित छ ।

तिमी बाच मैं बसुला रोइ, मलाई रुवाउँदै छोड्यौं भने जस्ता सयौं गीतमा माझीले जादुमयी स्वर भरेकी छिन् । १५ वर्ष अगाडिदेखि अहिलेसम्म उनको स्वरमा कुनै बदलाव आएको छैन । उनी अहिले पनि उत्तिकै कर्णप्रिय आवाजमा गीतमा प्राण भर्छिन् । माया प्रेमका गीत हुन् वा तीजका रमाइला गीत नै किन नहुन् । माझीले यी गीतलाई उत्तिकै न्याय गरेर गाउँछिन् ।


केही गीतहरूकाे युटुभ लिंक


० प्रतिक्रिया




ट्रेन्डिङ