डा. केसीको मुटुको गति अनियमित, फोक्सोमा समस्या आएपछि अस्पताल लगियाे

Diyo post  

काठमाडौँ, पुस ३० । चिकित्साशास्त्र विधेयकको विषयमा अनसनरत डा. गोविन्द केसीलाई अस्पताल लगिएको छ । १६ औँ अनसनको पाचौँ दिन सकिँदा उनको मुटु र फोक्सोमा समस्या उत्पन्न भएपछि सोमबार विहान इलाम अस्पताल लगिएको हो ।

डा. केसीको स्वास्थको लागि खटिएका चिकित्सकहरुका अनुसार उनको मुटुको गति एक्कासी अनियमित हुने र फोक्सोमा समस्या उत्पन्न भएपछि अस्पताल लैजानुपर्ने स्थिति उत्पन्न भएको हो ।

आइतबार नै गरिएको स्वास्थ्य परिक्षणमा त्यस्ता किसिमका गम्भिर लक्षणहरु नदेखिएपनि सोमबारको परिक्षणमा भने गम्भिर प्रकृतीका कमजोरीहरु देखिएका हुन् । डा. केसीको दाहिने फोक्सोमा हावा कम भएर बेला–बेला मुटु तेज धड्किने तथा रोकिने गरेको चिकित्सकहरुले बताए । चिकित्सकहरुका अनुसार उनको छातीमा संक्रमण भएको छ भने घाँटीमा टन्सिल देखिएको छ ।

गम्भिर अवस्था देखिएपनि डा केसीले अस्पताल जान मनाही गरेका थिए । चिकित्सक टोली र समकक्षीहरुको दवावका कारण उनी इलाम अस्पताल जान तयार भएका हुन् ।

संसदमा गत पुस २५ गते पास गराइएको चिकित्सा शिक्षा विधेयक पुर्व सर्तअनुसार पास नगरिएको र त्यसमा सरकारले मनलाग्दी हिसाबले सम्झौतालाई बेवास्ता गर्दै संसदबाट पारित गराइएकोले डा. गोविन्द केसीले इलामबाट १६ औँ अनसन शुरु गरेका थिए ।

सम्बन्धित खबर