धादिड, १ माघ । ग्रामिण विद्युतीकरणका नाममा खनियावासमा २ वटा सामुदायिक वन क्षेत्रको जंगल सखाप पारिएको छ ।
विद्युत विस्तार गर्दा तार तान्ने पोल गाडनु पर्ने स्थानवाट अधिकतम ३÷३ मिटर खाली गर्नु पर्नेमा १५ देखि २५ मिटर सम्म सयौं वर्ष पुरानो जंगल पुरै फडानी गरिएको भन्दै स्थानिय बासीले विरोध गरेका छन् ।
नुवाकोटको त्रिशुलीबाट यस अघिनै विद्युतीकरण गरिएको क्युङ्गबाट खनियावासको अक्थली पुरयाउन गरिने ७ किमी जंगल पुरै सखाप गरिएको हो । उक्त विद्युतीकरणका लागि ३६ लाखमा ठेक्का पाउने व्यक्ति हुन्– बाबुकृष्ण श्रेष्ठ ।
श्रेष्ठले उक्त ठेक्कामा काम गर्ने जिम्मा भने स्थानिय मंगल बहादुर तामाङलाई दिएका थिए ।
खनियावास २ क्युङ्ग स्थित तेङ्गवर सामुदायिक वनका अध्यक्ष वचौ वहादुर तामाङ्ग र कोस्यिङ्गचो सामुदायिक वनका अध्यक्ष डाप लामा तामाङ्गले बिधुत विस्तार गर्न पोल गाड्ने र तार तान्ने क्षेत्रका रुख काटनु पर्ने भनेर लिखित वा मौखिक रुपमा समेत कसैले सोध्न समेत आएका छैनन् ।
‘पोल गाडने र तार तान्ने क्षेत्रमा अधिकतम कम्तीमा अढाई मिटर देखि वढीमा ६ मिटर सम्म स्थानको आवस्यकता अनुसार खाली गर्ने पर्ने हो, २५ मिटर त धेरै हो, रुख काटने अनुमती हाम्रो अधिकमर क्षेत्र भित्र पर्दैन,’ विद्युत प्राधिकरणका जिल्ला स्थित प्रमुख धु्रव थापाले भने ।
खनियाबास वडा नंबर २ का वडाध्यक्ष टेक बहादुर तामाङले ८ प्रजातीका ३ हजार रुख अनुमति विनै सखाप पारिएको बताए ।
‘ठेकेदारले संबन्धित वडा वा गाउ“पालिकासंग कुनै अनुमती नलिई जंगल सखाप गरेपछि हामीले स्थानीय दार्खा प्रहरी चौकीबाट प्रहरी लिएर अध्ययन गरेका थियौं, सयौं वर्ष पुराना रुखहरु कटुस, लप्सी, ओखर , लालीगुरा“स, मौवा, काफल , चिलाउने , लगायतका महत्वपुर्ण ८ प्रजातीका ३ हजार रुख जति ढालेको देखियो , जिल्ला वन कार्यालयलाई जानकारी गराएका छौं,’ उनले भने ।
जडिवुटी प्रशस्तै हुने उक्त क्षेत्रमा ठुला रुखले साना जडिवुटीको पनि विनाश भएको सामुदायिक वनका पदाधिकारीहरुको आरोप छ ।
जंगल सखाप भएको जानकारी पाएपछि जिल्ला वन डिभिजन प्रमुख हरि सेंडोईले छानबीन गर्ने बताएका छन् ।
‘जंगल सखाप भएको जानकारी प्राप्त भएपछि हामीले दार्खा स्थित ईलाका वन कार्यालयका ईन्चार्ज सन्जय मिश्र लाई अध्ययन गरि प्रतिवेदन पेश गर्न खटाएका छौं, उक्त प्रतिवेदनका आधारमा कार्वाही प्रकृया अगाडी बढाउ“छौ“,’ सेँडाईले भने ।
स्थानिय मंगल बहादुर तामाङ नेकपाका सक्रिय सदस्य समेत हुन् ।
स्रोतका अनुसार जिल्ला स्थित राजनीतिक दलका नेताहरुको दबावका कारण जिल्ला वन कार्यालयका डिभिजन प्रमुख सेँडाई मौन छन् ।