रञ्जु दर्शनाको उजुरीपछि ‘बलात्कार प्रयासको हल्ला’ चलाउने व्यक्ति पक्राउ

Diyo post  

काठमाडौं, १ माघ । विवेकशील नेपाली दलकी महिला नेतृ रञ्जु दर्शनाको उजुरीको आधारमा रविन्द्र मिश्रको चरित्र हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा मुक्तिखबर डटकम नामक अनलाईन पत्रिकाका सञ्चालक श्याम रोका रहेका छन् । सिन्धुपाल्चोक घर भएका रोकाले यस अघि एउटा ब्लगमा आएको ‘हावादारी गलत’ समाचार कपि गरेर आफ्नो अनलाईनमा पोस्ट गरेका थिए ।


नेपाल टक नामक अनलाईनमा समेत काम गरिरहेका रोका सहित ५ अनलाईन विरुद्ध रञ्जुले साइबर अपराधमा उजुरी दिएकी थिइन् ।


उजुरीको आधारमा प्रहरीले उनलाई बुढानिलकण्ठ स्थित कार्यालयबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई साइबर अपराध सम्बन्धि मुद्दामा अनुसन्धान थालेको छ ।

सम्बन्धित खबर