नेपाली महिला टिम ऐतिहासिक उपाधिनजिक

Diyo post  


काठमाडौं, ४ माघ | थाइल्याण्डमा जारी टी २० स्मयाक्सको सेमिफाइनलमा इण्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टिम फाइनलमा प्रवेश गरेको छ । इण्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्न नेपाल सफल भएको हो । ११ ओभरमा २७ रन बनाउँदा इण्डानेसियाले पूरै १० विकेट गुमायो । रुविना क्षेत्रीले ३, सीता मगरले २ विकेट लिए । नेरी थापा, सरिता मगर र कविता कनुवार एक एक विकेट लिए । नेपाली महिला टिम १२ वर्षपछि पुनः फाइनलमा पुगेको हो । अब उपाधिको लागि थाइल्याण्ड र युएईको विजेतासँग नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ ।
१२० रन पछ्याएको इण्डोनेसियालाई टस हारेर पहिले ब्याटिङ गरेको नेपाली महिला टोलीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ११९ रन बनाएको थियो । नेपालको तर्फबाट सीता रानामगरले ४८ रन बनाइन् । जुन नेपाली महिला क्रिकेटरले बनाएको अहिलेसम्मको सबैभन्दा उच्च स्कोर हो । दोस्रो विकेटका लागि इन्दु बर्मासँग सीताले ७० रनको साझेदारी गरिन् । बर्माले ३७ र नेरी थापाले ५ रन बनाए ।

सम्बन्धित खबर