प्रधानमन्त्री स्विजरल्याण्ड जानु ४ घण्टाअघि नै सरकारी समाचार एजेन्सीको गलत हल्ला, मन्त्री र सुरक्षा प्रमुख रणभूल्ल !

Diyo post  

काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली स्विजरल्याण्ड जाने कार्यक्रम आईतबार बेलुका ८ बजेर ५० मिनेटमा तय भएको छ । तर, सरकारी सञ्चार माध्यमले भने प्रधानमन्त्री स्विजरल्याण्ड प्रस्थान गरिसकेको हल्ला फैलाएको छ ।


आईतबार बेलुका ५ बजेर ७ मिनेटमा सरकारको आधिकारीक समाचार एजेन्सी राष्ट्रिय समाचार समितिले तयार पारेको बुलेटिनमा प्रधानमन्त्री ओली विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा भाग लिनका लागि प्रधानमन्त्री ओली त्रिभूवन विमानस्थलबाट स्विजरल्याण्ड प्रवेश गरिसकेको उल्लेख गरिएको छ ।


समाचारमा त्यतिमात्रै होइन प्रधानमन्त्रीलाई विदाई गर्न उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरे, सभामुख कृष्ण बहादुर महरा समेत विमानस्थल पुगेर विदाई गरेको उल्लेख गरिएको छ ।
प्रधानमन्त्री स्विजरल्याण्ड नजाँदै राष्ट्रिय सञ्चार माध्यममा यस्तो खबर भाईरल भएपछि मन्त्रीहरु नै रणभूल्ल परेका छन् ।


प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले सुरक्ष प्रमुख र मन्त्रीहरु नै रणभूल्ल परेको बताएका छन् ।
प्रधानमन्त्री ओली कतार एअरवेजको QR651 नम्बरकाे जहाजबाट आईतबार बेलुका ८ बजेर ५० मिनेटमा स्विजरल्याण्डका लागि प्रस्थान गर्दैछन् ।

सम्बन्धित खबर