आजदेखि स्वस्थानी व्रतकथा शु्रु, यस्ता छन् स्वस्थानी ब्रतकथाको धार्मिक महत्व

Diyo post  

काठमाडौँ, माघ ७ । काठमाडौं, ७ माघ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ ।

बिहान माघ स्नान गरी मध्याह्नमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८÷१०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।

स्वस्थानी ब्रतकथाको धार्मिक महत्व

हिन्दू नेपाली नारिहरुद्वारा परापूर्व कालदेखि मनाउँदै आएको पर्वमध्य श्री स्वस्थानी व्रतकथा पनि एउटा महत्वपूर्ण पर्वको रुपमा रहँदै आएकोछ । विशेषगरी विवाहित महिलाहरुद्वारा आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायु अनि अविवाहित महिलाहरुद्वारा आफ्नो भावी पति अशल होस् भन्ने प्रार्थनास्वरूप यो व्रत बस्दै आएको पाइन्छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत बस्ने गरिन्छ । उक्त अवधिभरि श्रद्दाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी स्वस्थानीको कथा सुन्ने सुनाउने प्रचलन रहेको पाइन्छ । स्वस्थानी कथाअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनार्इ एक महिनासम्म श्री स्वस्थानीको व्रत लिएपछि आफ्नो मनोकांक्ष्या पूरा भएको हुँदा श्री स्वस्थानी व्रतकथा मनाउन शुरु गरिएको उल्लेख छ ।

स्वस्थानी शव्द “स्व” र “स्थान” गरी दुर्इ शव्दमा “ई” प्रत्यय लागेर बनेकोछ जसको अर्थ हुन्छ स्वस्थान वा आफ्नै स्थानमा रहने देवी भन्ने बुझिन्छ । स्वस्थानीको व्रत बस्नाले यस लोकमा सुख, सम्वृधि प्राप्त हुने र मृत्युपछि पनि कैलाशमा वास हुने विश्वास गरिन्छ । यस पर्वमा महिलाहरु बिहानै उठेर स्नान गरी नित्य मध्यान्न महादेवको पूजा गर्ने गर्दछन् भने कतिपय महिलाहरुले एकमहिनासम्म व्रत बस्ने गर्दछन् । नेपालमा यसै समयमा शालीनदी लगायतका विभिन्न पवित्र स्थानमा गएर स्नान गरी श्री स्वस्थानी माताको पूजा अर्चना गर्नेको घुइंचो लाग्ने गर्दछ ।

स्वस्थानीको कथाभित्र आउने लगभग सबै तीर्थस्थलहरु विशेषगरी काठमान्डौभित्रै पर्दछन् । जस्तै गुह्वेश्वरी, गोकर्ण, श्लेषमान्तक वन, किरांतेश्वर, गौरीघाट, वाग्मती नदी, शालीनदीजस्ता क्षेत्रहरुको स्वस्थानीको कथामा उल्लेख गरिएका स्थानहरु हुन् । ३१ भागमा विभाजन गरिएको स्वस्थानी व्रतकथाका केहि कथाहरु स्कन्दपुराणबाट लिएकाछन् त्यसैले प्रत्यक अधायको अन्तमा इति श्रीस्कंदपुराणे केदारखंडे माघ्मात्म्य श्रेस्वस्थानी व्रताकथायाम‘ भन्ने गरिन्छ । स्वस्थानी व्रतकथा पहिला नेवारी भाषामा लेखिएको थियो, लगभग पांच सय वर्षयता मात्र नेपालीमा लेखिएको भनेर उल्लेख गरेको पाइन्छ । उक्त व्रत पहिला नेवार समुदायले मनाउने गरेको पनि उल्लेख छ ।

शालीनदी मेला

स्वस्थानी ब्रतकथाको शुरु भएदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लागेको छ ।

श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले यस वर्षको मेला आजैबाट सुरु भएको जनाएको छ । समितिका अनुसार, नूनसमेत नखाइ कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको शुरुवात् आज बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिँदै छ ।

माघ महिनामा शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरेमा पुण्य मिल्ने विश्वास छ । यही विश्वासमा यहाँ हरेक वर्ष लाखौं भक्तजान जाने गरेका छन् ।

सम्बन्धित खबर