खाना पकाउने ग्यासको हाहाकार, घण्टौँ लाइनमा जनता (फोटो फिचर)

दिनेश रजक
दिनेश रजक

काठमाडौं: काठमाडौंको टेकुस्थित ग्यास वितरण केन्द्रमा ग्यास लिन पुगेका सर्वसाधारणको घण्टौँसम्म लाइन बस्नुपर्ने अवस्था देखिएको छ। उपभोक्ताले ग्यास अभावका कारण टाढाटाढाबाट आएका उपभोक्ता लामो समयसम्म लाइनमा बसे पनि सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरिरहेका छन्।

उपभोक्तामध्ये केहीले ग्यास अभावको मुख्य कारण कालोबजारी भएको आरोप लगाएका छन्। उनीहरूले सरकारले वितरण प्रणालीलाई सहज बनाउँदै नजिकैका डिलरमार्फत टोल–टोलमा ग्यास उपलब्ध गराउनुपर्ने माग गरेका छन्।