गाडीमा वान्ता हुनबाट बच्ने उपाय

Diyo post  

सवारीसाधनमा यात्रा गर्दा वाकवाकी लाग्ने , रिँगाटा लाग्ने , असहज महसुस हुने जस्ता समस्याहरु देखा पर्छन् । यसलाई सामान्य भाषामा गाडी लाग्नु भनिन्छ भने अंग्रेजीमा मोसन सिकनेस भनिन्छ । प्रय बालकालिका माइग्रेनका बिमारी, गर्भवती र राजस्वला भईरहेका महिलामा यसको संवेदनशीलता बढी देखिन्छ ।
विशेषगरी गाडिमा यात्रा गर्दा शरीरका इन्द्रियहरुले सन्तुलित ढंगले काम गर्न सक्दैनन् । यसले कसै कसैमा पैदा हुन्छ अनि बान्ता हुन्छ । यर्सथ यात्रा गर्ने क्रममा सकेसम्म सीधा अगाडि हेर्नुपर्छ ।
आँखाको दृष्टी झ्यालछेउछाउका वस्तु भन्दा टाढा केन्द्रीत गर्नुपर्छ । यसले रिँगटा लाग्न कम गर्छ ।
गाडी चढ्नुअघि मानसिक रुपले तयार हुन आवश्यक हुन्छ । मलाई वान्ता आउछ , रिँगटा लाग्छ भन्ने सोचेर बस्दा सोहि हुने सम्भावना बढी हुन्छ ।
पछाडिको सिटमा बस्दा गतिको बढी अनुभुति हुन्छ । तर्सथ बान्ता हुनेले सकभर अगाडिको सिट रोज्नु उपयुक्त हुन्छ ।
गाडीमा प्रयोग गरिने पेट्रोलियम पदार्थको गन्धले समेत बान्ता आउँछ । त्यसैले, समय समयमा बाहिरको स्बच्छ हावा लिने गर्नुपर्छ ।
यात्रा दौरान हलुका अमिलो पिरो खानेकुरा वा कागती सेवन गर्दासमेत केही राहत महसुस हुन्छ ।
यात्रा गर्नुभन्दा आधा घन्टाअघि वान्ता नआउने औषधि सेवन गर्न सकिन्छ । सोमबारको नयाँ पत्रिकामा खबर छ ।

सम्बन्धित खबर