काठमाडौँ, माघ ८ । अख्तियार दुपयोग अनुसन्धान आयोगले धादिङको खनियावास गाउँपालिकाका लेखापाल शिवहरि ढकालविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।
आयोगले ढकाल विरुद्ध विशेष अदालतमा तत्कालिन न्याय परिषद सचिवालयमा कार्यरत हुँदा २४ लाख ४६ हजार २ सय १२ रुपैँया हिनामिना गरेको भन्दै मुद्धा दायर गरेको हो ।
सचिवालयमा काम गर्दा तलबी भरपाईको जोडजम्मामा फरक पारी खर्च लेखेको र आर्थिक बर्ष ०७२÷०७३ को लेखापरिक्षण प्रतिवेदनमा १६ लाख ४७ हजार ९ सय ६५ असुल गरिएको देखिएको थियो ।
न्याय परिषद सचिवालयमा कार्यरत रहँदा लाख छयालीस हजार दुई सय बाह्र रूपैयाँ साठी पैसा बराबरको सरकारी रकम तलबी भरपाई समेतका आधारमा बढी रकम भुक्तानी हुने गरी बदनियतसाथ सो रकम झिकी हिनामिना, हानिनोक्सानी, दुरुपयोग गरी निजी प्रयोगमा लगाएको देखिएकोले सोही बराबरको विगो दावि गर्दै अख्तियारले मुद्धा दायर गरेको छ ।
ढकाल भन्छन्,‘मुद्दा परेको हो र !’
विशेष अदालतमा मुद्दा दायर भएपनि ढकालले भने आफूलाई थाहा नभएको बताएका छन् । उनलाई टेलिफोनमा तपाईंले लाखौँ रुपैयाँ हिनामीना गर्नुभएको हो ? तपाईंलाई अख्तियारले मुद्दा दायर गरेको रहेछ नी’ भनेर प्रश्न गर्दा उनले आश्चर्य जनाउँदै भने,‘हो र !’ त्यसपछि ढकालले फोन नै काटिदिए । खनियाबास गाउँपालिकामा समेत ढकालले पालिका अध्यक्ष रण बहादुर तामाङसँग मिलोमतोमा आर्थिक अनियमितता गरेको स्रोतको दाबी छ ।