जापान भ्रमण जान नपाएको झोँकमा सहसचिव पाण्डेले खानेपानी मन्त्रीको चरित्र हत्या गरेको खुलाशा !

Diyo post  

काठमाडौं, ८ माघ । खानेपानी मन्त्रालयमा सरुवा भएर आएका सहसचिव राजनराज पाण्डेले विदेश भ्रमण जान नपाएको झोँकमा खानेपानी मन्त्री बिना मगरको चरित्र हत्या गरेको खुलाशा भएको छ ।


खानेपानी मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्तो खुलाशा गरेको हो । केही सञ्चारमाध्यममा मन्त्री मगरले घुस मागेको र दिन नसकेको कारण आफूलाई काम नदिएको उनले बताएका थिए । तर, उक्त भनाईको खण्डन गर्दै मन्त्रालयले यस्तो खुलाएको हो ।


‘अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीको आयोजनामा सन् २०१९ को मार्च १८ तारिखदेखि जापानमा हुन लागेको कार्यक्रममा निज पाण्डे आफ्नो निजी सक्रियतामा सहभागी हुनका लागि मन्त्रालय समक्ष फाइल पेश हुन आएको थियो,’ नीजि सचिव गुणराज श्रेष्ठले विज्ञप्तीमा भनेका छन्,‘नेपाल सरकारको अनावश्यक विदेश भ्रमण नगर्ने नीति रहेको तथा मन्त्रालयले पनि अति आवश्यक काम बाहेक विदेश भ्रमण नगर्ने नगराउने निर्देशन गरेको हुँदा निजको विदेश भ्रमण सम्बन्धी फाइल मन्त्रीज्यूले स्वीकृत नगरिदिएपछि निजले मन्त्रीज्यूलाई उल्टै औंला ठड्याई कार्यालय बाहिर निस्किएको र यसको प्रतिशोधको रुपमा माननीय मन्त्रीज्यूलाई लाञ्छना लगाई अमर्यादित रुपमा मिडियाबाजी गर्दै अनुशासनहीन गतिविधि गरिरहेको हुँदा यस्ता भ्रामक समाचारको विश्वास नगर्न आम जनसमुदायमा अपिल गर्दछौं ।’


विज्ञप्तिको पूर्णपाठ

सम्बन्धित खबर