UAE VS NEPAL LIVE STREAM

Diyo post  

काठमाडौँ, माघ ११ । नेपाल र युएईबिच भएको पहिलो एकदिवसिय क्रिकेटमा नेपालले खराब शुरुवात गरेको छ । युएईको घरेलु मैदानमा भइरहेको खेलमा पहिलो ब्याटिङ गरिरहेको नेपालले खराब ब्याटिङ गरेको छ । निर्धारित ५० ओभरको खेलमा २७ ओभर सक्किसक्दा नेपालको ८ विकेट गुमाइसकेको छ भने ९७ रन मात्र बनाउन सफल भएको छ ।

खस्कँदो ब्याटिङ गरेको नेपालले ज्ञानेन्द्र मल्ललाई शुन्य रनमा गुमाएको छ । उत्कृष्ट ब्याट्सम्यानहरु टिक्न नसकेपछि नेपालले पहिलो खेल गुमाउने लक्षण देखाएको छ । कप्तान पारस खड्का २० रनमा आउट हुँदा खतरनाक ब्याट्सम्यान विनोद भण्डारी ५ रन बनाउँदै पवेलियन फर्किए ।

अर्का ब्याट्सम्यान सोमपाल कामीले टोलीलाई केही राहत दिए । उनले ४७ बल खेल्दै ३० रनको योगदान गरे । अहिले आरिफ शेख र सन्दीप लामिछाने ब्याटिङमा छन् । सन्दीपले व्यक्तिगत ७ रन बनाउँदा आरिफले २५ रन बनाएका छन् ।

https://www.youtube.com/watch?v=e0gaowMdIl4

सम्बन्धित खबर