।।काठमाडौँ, माघ १२ । दुनियाँ प्रतिस्पर्धात्मक ढंगबाट अगाडी बढिरहेको छ । शक्तिशाली देशहरु आफुलाई अझै शक्तिशाली बनाउनको लागि विभिन्न किसिमका हतियारहरुको निर्माणमा तल्लिन छन् । हतियार निर्माण संगै वाह्य आक्रमणबाट बच्नको लागि विभिन्न किसिमका उपायहरुको आविस्कारसमेत गरेका छन् । केही देशहरुले यस्ता भवन बनाएका छन्, जसमा आन्तरिक र वाह्य कुनैपनि आक्रमण गर्न असम्भव छ । यस्ता किसिमका १० घरहरुको बारेमा छोटकरीमा चर्चा गरौँ ।
१. द जम्बी बंकर
अंग्रेजी हरर चलचित्रहरुमा जम्बिले आक्रमण गरेको र त्यसमा मानिसहरुले बाँच्नको लागि गरेको संघर्षहरु देखाइन्छ । यस्तै किसिमका आक्रमणहरुको आँकलन गरि पोल्याण्डमा एक भवन बनाइएको छ । ‘द जम्बि बंकर’ नाम राखिएको उक्त भवन चलचित्रहरुमा देखाइने जम्बि प्रतिरोधी मानिएको छ । सो घरको भित्ताहरुमा ंकंक्रिट र फलामका तहहरु यसरी जोडिएको छ कि त्यसलाई तोड्न असम्भव छ । सो घरभित्र र बाहिर जानको लागि एकमात्र बाटो छ । सो बाटो पहिलोचोटी जाने ब्यक्ति त्यहीँ नै हराउँछ । सो बाटो ओहोरदोहोर गर्न सैयौँ पटक रिहर्सल गर्नुपर्ने हुन्छ ।
२. द हाउस अफ बिल गेट्स
सफ्टवेयरका राजा भनेर चिनिने बिल गेट्स बस्ने घर दुनियाँको सबैभन्दा सुरक्षित घरहरुको अग्रस्थानमा आउँछ । अमेरिकाको वासिंटनमा भएको उनको घर ६६ हजार बर्गफिटमा फैलिएको छ । उनको घरको बाहिर र भित्र विज्ञान प्रविधिहरुको अधिकतम प्रयोग गरिएको छ । व्यक्तिगत गोपनियताको लागि उनले आफ्नो घरवरिपरि रुखबिरुवाहरु लगाइएका छन् । मिडियाबाट गोपनियता राख्नको लागि घना जंगलको भित्र उनको घर छ । उनको घरतर्फ कुनै खतरा आउँदै छ भने एक किलोमिटर बाहिरबाटै सुचना प्रदान गर्नेगरि सफ्टवेयरहरुको प्रयोग भएका छन् । चारैतिर सिसिटिभि क्यामेरा लगाइएको छ ।
कुनैपनि पाहुनाले उनको घरमा प्रवेश गर्नुअगाडी एक सेक्युरिटी पीन लगाउनैपर्ने व्यवस्था गरिएको छ । उक्त पिनमा सेक्युरिटी क्यामेरा, ताप प्रतिरोधी प्रणाली जस्ता सुरक्षाको बन्दोबस्त गरिएको हुन्छ ।
३. र्योनसोङ रेसिडेन्स उत्तर कोरिया
उत्तर कोरिया जस्तो डरलाग्दो देशमा पनि सुरक्षाको आवश्यकता किन पर्यो भन्ने बारेमा धेरैले सोच्न सक्दछन् किनभने उत्तर कोरियाभित्रको आन्तरिक सुरक्षा प्रणाली निकै मजबुत छ । त्यहाँ नीलो जिन्स लगाउने मानिसलाई समेत फाँसी दिइन्छ ।
उत्तर कोरियाको राजखान्दान बस्ने एउटा महल छ । उत्तरी भागमा नै रहेको उक्त महल सुरक्षाको दृष्टिले निकै नै बलियो मानिन्छ । र्योनसोङ नाम गरिएको उक्त राजमहलको निर्माण निकै नै सुरक्षित ढंगले बनाइएको छ । महलको चारैतिर विद्युतीय तारबार लगाइएको छ । २४ सै घण्टा सुरक्षाकर्मी र गुप्तचरहरुले सो महलवरपर गस्ती गरिरहेका हुन्छन् । सो घरको वरपरि माइन्सको समेत प्रयोग गरिएको छ । कोहीपनि सिधै उक्त महलमा पस्न नसक्ने गरि प्रविधिहरुको प्रयोग गरिएको छ । महलका भित्ताहरु फलामका रड तथा लिड कंक्रिटबाट बलियो गरि बनाइएको छ । सो महलमा परमाणु आक्रमण भएपनि कुनै किसिमको क्षति नपुग्ने बताइएको छ ।
कुनै कारणबश सुरक्षाको दृष्टिले स्थान परिवर्तन गर्न परिहालेको खण्डमा सुरुङमार्फत अर्को राजदरबारसम्म पुग्ने गरि बाटो बनाइएको छ । सो बाटोबाट कोही शंकास्पद मानिस गइहाले भनेपनि रासायनिक हतियारसहितको सेनाले उनिहरुको योजनामा पानी फेर्न सक्छन् ।
४. फेयरफिल्ड हवेली
अमेरिकी खरबपति व्यवसायी आएरा रेनर्टको न्युयोर्कस्थित ह्याम्पटन शहरमा एक हवेली छ । सो घर निर्माण गर्दा र निर्माण पश्चात रेनर्टले घरको सुरक्षाका लागि पानीसरह पैसा बगाएका थिए । २ सय ४८ मिलियन अमेरिकी डलर खर्च गरेर निर्माण गरेका उक्त हवेलीको हालको मुल्य ५ सय मिलियन डलर पुगेको छ । घरको आन्तरिक सामाग्रीहरुमा मात्रै उनले ५ सय मिलियन अमेरिकन डलरभन्दा बढी खर्च गरेका छन् । विभिन्न मुल्यवान बस्तुहरु घरभित्र सजाइएका छन् ।
६२ हजार स्क्वायर फिटमा फैलिएको सो घरमा २९ बेड रुम छन् । घरमा प्रयोग गरिएका सामाग्रीहरु निकै बलियो र शक्तिशाली छन् । सबै झ्याल बुलेट प्रुफ छन् । चारैतिर सिसिटीभी क्यामेरा जडान गरिएको छ भने सुरक्षामा कुनै खतरा उत्पन्न भए स्वचालित अलार्म बज्ने ब्यवस्था मिलाइएको छ । सुरक्षा र मुल्यवानको हिसाबले उक्त हवेली अमेरिकाको सबैभन्दा महंगो हवेलीको सुचिमा पर्दछ ।
५. बकिङह्याम प्यालेस लण्डन
लण्डनको शाही परिवारले प्रयोग गर्ने दरबार ‘बकिङह्याम प्यालेस’ एक पर्यटकिय स्थलसमेत हो । पर्यटकहरुका लागि सधैँ नखोलिएपनि निश्चित समय र अवधिका लागि खोलिन्छ । पर्यटकका लागि खुल्ला गरिँदा वरिपरिका सडकहरु बन्द गरिन्छ । तत्काल सुरक्षाकर्मीको ठुलो जत्था दरबारवरिपरि फैलिन्छन् , ताकी सामान्य अवस्थामा नै पर्यटकहरुले अवलोकन गर्न पाउन् ।
एकसमयमा माइकल नाम गरेका ब्यक्ति सो दरबारमा चलाखीपुर्वक छिरेका थिए तर तत्काल नियन्त्रणमा लिइएको थियो । त्यसपछि सो दरबारको सुरक्षा अझै बढाइएको छ । दरबारवरपर रातो बर्दीका सुरक्षाकर्मीहरुले २४ सै घण्टा पहरा दिइरहेका हुन्छन् ।
दरबारमा रातको समयमा सुरक्षा दिने सुरक्षागार्डहरु ननिदाउन् भनेर एक स्वचालित अलार्म प्रयोग गरिएको छ । सुरक्षागार्डहरु निदाउन खोजे उनीहरुको कानमा एक अलार्म बज्छ र उनीहरुलाई निदाउन दिँदैन । सो अलार्म सिस्टमलाई रिङ अराउण्ड सिस्टम नाम दिइएको छ । सो दरबारमा हरेक बर्ष एक सय मिलियन डलर सुरक्षामा मात्र खर्च गरिन्छ
।
६. फोर्ट एलेक्जेण्डर (क्रन्सट्रयाड फोर्ट)
रसियाको सेन्ट पिटर्सवर्ग शहरको सुरक्षाको लागि भनि बनाइएको फोर्ट एलेक्जेण्डर अथवा प्लेज फोर्ट नामक भवन समुन्द्रमा तैरिरहेको अवस्थामा देख्न सकिन्छ । समुन्द्रको ४० फिट तलबाट बनाइएको उक्त बिल्डीङ सम्पुर्ण किसिमले सुरक्षित मानिन्छ ।
तात्कालिन समयमा प्लेज नामक बिमारीको उपचार खोज्नको लागि वैज्ञानिकहरु साही भवनमा बसेर अनुसन्धान गरेका थिए । एकान्तमा भएको उक्त भवन सुरक्षाको दृष्टिले निकै मजबुत मानिन्छ । माटो, कंक्रिट, गे्रनाइट तथा विभिन्न पत्थरहरुको प्रयोग गरि उक्त भवनको भित्ता निर्माण गरिएको छ । तहमाथि तह बनाई निर्माण गरिएको सो भवनमा सबैकिसिमको आक्रमणलाई थेग्न सक्ने क्षमता छ । तात्कालिन समयमा पनि पटकपटक आक्रमण भएको तर आक्रमणकारीहरु हार खाएर गएको तथ्यहरु भेटिन्छन् । उक्त भवनमा ४० वटा किल्ला छन् ।
७. इण्डियन क्रिक आइरल्याण्ड
फ्लोरिडामा अवस्थित इण्डियन क्रिक आइल्याण्ड दुनियाँभरका सेलिब्रटी र अरबपतिहरुको बस्ने एक गाउँ हो । त्यसलाई दुनियाँको सबैभन्दा सुरक्षित गाउँको रुपमा समेत चिनाइएको छ । सो इलाकामा समुन्द्रको सतहमा देखिन्छ ।
वरिपरि समुन्द्रले घेरेको छ भने बिचमा जमिन र जमिनमाथि एउटा वस्ती छ । सो वस्तीमा धेरै अरबपतिहरु बस्छन् । सुरक्षाको लागि उनीहरु आफैले आर्मी र प्रहरीहरु हायर गरेका छन् । २४ सै घण्टा जलसेना र हवाई सेनाहरुले उक्त स्थानको अवलोकन तथा सुरक्षा गरिरहेका हुन्छ । डुंगाबाट सैनिकहरुले २४ सै घण्टा उक्त इलाकामा परिक्रमा लगाइरहेका हुन्छन् ।
८. एटलस मिसाइल सिलो होम
शीत युद्धको समयमा मिसाइल आक्रमणहरुमाथि नियन्त्रण गर्नको लागि न्यु योर्कमा एक भवन बनाइएको थियो । सोही भवनबाटै मिसाईल लञ्च र आक्रमणतर्फ आएका मिसाइलहरुमाथि नियन्त्रण गरिन्थ्यो । सतहमा सामान्य भवन देखिएतापनि जमिनमुनी करिब तीन हजार स्क्वायर फुट क्षेत्रफलमा लिभिङ एरिया बनाइएको छ ।
जमिनमुनी बनाइएका संरचनाहरु सय प्रतिशत ब्लास्ट प्रुफ छन् । भवनको भित्ता, झ्याल ढोका सबै कुराहरु विस्फोट प्रतिरोधात्मक रहेको बताइएको छ । त्यति हुँदापनि अन्य सुरक्षा चुनौतीहरु आएको खण्डमा भवनको बाहिर एक हेलिकप्टर राखिएको छ त्यसमा बसेर ठाउँ परिवर्तन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
९. ह्वाइट हाउस
दुनियाँको सबैभन्दा शक्तिशाली देश संयुक्त राज्य अमेरिकाको प्रमुख प्रशासनिक भवन ह्वाइट हाउस विश्वकै सबैभन्दा सुरक्षित भवन मानिन्छ । ह्वाइट हाउसमा हालसम्म ४६ अमेरिकी राष्ट्रपतिको कार्यकाल सकियो । हालसम्म आइसक्दा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइएको छ ।
ह्वाइट हाउसमा प्रवेश गर्ने गेट निकै मजबुत छ । यसमा ठुला सवारी साधनहरु तीब्र गतिका साथ आएर ठोक्किँदा पनि कुनै असर पर्दैन । भवनको भित्र र बाहीर २४ सै घण्टा अमेरिकी सेना र सुरक्षाकर्मीहरुले गस्ती गरिरहेका हुन्छन् । भवनमा आक्रमण हुनुभन्दा पहिले नै सुचना आउने व्यवस्था बनाइएको छ । प्रविधिमार्फत घटनाको अगाडी नै सुचना प्राप्त हुने प्रणाली राखिएको छ । ह्वाइटहाउसको आकाशमा समेत अन्य विमान उडानको लागि प्रतिवन्ध लगाइएको छ । कोही कसैले उक्त प्रतिवन्धलाई तोड्ने प्रयास मात्र गरेको खण्डमा कडा कारवाही हुने नियम बनाइएको छ । त्यस्तै भवनको सम्पुण झ्याल ढोका बुलेट प्रुफ हुन् ।
भवनभित्र जाने खाद्यपदार्थहरु समेत परिक्षण र स्क्यान गरि पठाइन्छ त्यसकारण अवैधानिक खाद्यपदार्थको मिलावट गर्ने दुष्साहस सम्म पनि गर्न सक्दैन । भवनको सतहमुनी अण्डरग्राउण्ड सुरुङसमेत निर्माण गरिएको छ जसलाई आणविक बमले समेत असर पार्न सक्दैन । यी लगायत जनताबाट गोप्य राखिएका यस्ता कैयौँ सुरक्षा पद्धतीहरु छन् जसलाई राष्ट्रपतीको सुरक्षाको कारण लुकाइएको छ ।
१०. द कर्बी फेमिली हाउस
अमेरिकाको क्यालिफोर्नियामा भएको कर्बि भवन एक सुरक्षा संस्था प्रमुखको हो । साफ नामक सुरक्षा संयन्त्रका प्रमुख एल कर्बीले आफु र आफ्नो परिवारका लागि दुनियाँको सबैभन्दा सुरक्षित भवन निर्माण गराएका छन् । सन् २००१ मा बनाइएको उक्त भवनमा हेलिप्याडको व्यवस्थासमेत गरिएको छ । विज्ञान प्रविधिका सम्पुर्ण प्रयोजन उक्त घरभित्र गरिएको छ । उक्त भवनमा बुलेटप्रुफ सिसाहरुको प्रयोग गरिएको छ । यदि कोही मानिस अनुमतिबिना भित्र पस्न खोज्छ भने गेटमा राखिएको वायोमेट्रिक सिस्टमले उक्त व्यक्तीको पहिचान गर्दछ । सो भवनबाट फोनविना नै सुरक्षाकर्मीहरुलाई सचेत गराउन सकिन्छ । यसका भित्ताहरुमा प्रयोग भएका गोप्य बटमहरुबाट सुरक्षाकर्मीलाई सुचना दिन र सचेत गराउन सकिने व्यवस्था बनाइएको छ । केही भागहरु ब्ांकरको रुपमा समेत उपयोग गर्न मिल्ने गरि बनाइएको छ । तीन तहबाट निर्माण गरिएको भित्ता र ढलानहरुलाई बम आक्रमणबाट पनि कुनै असर पर्दैन ।
कोही अपरिचित व्यक्ति शंकास्पद क्रियाकलापका लागि भित्र छिरिहालेपनि वायोमेट्रिक पद्दतीबाट त्यस्ता ब्यक्तिलाई पहिचान गर्ने र उमाथि केमिकल ग्याँस प्रहार गर्ने एक सिस्टम बनाइएको छ जसबाट उसमा अन्यौल पैदा गराउँछ र भाग्न पाउँदैन ।
सबै प्रकारले सुरक्षित मानिएको उक्त भवनको जग ३० फिट तलसम्म बनाइएको छ । त्यसभन्दा तल सुरक्षित अण्डरग्राउण्डको निर्माण गरिएको छ । उक्त भवन शक्तिशाली भुकम्प आएपनि नढल्ने र आणविक आक्रमणबाट पनि असर गर्न नसक्ने बताइन्छ । पृथ्वीमा प्रलय नै आएको खण्डमा अण्डरग्राउण्डमा सुरक्षित तरिकाले ६ महिनासम्म बस्न सकिने गरि सो भवनको निर्माण गरिएको छ ।