युएस बंगाला विमान दुर्घटना प्रकरण : पाईलटले प्रेमिका सम्झँदै चुरोट पिएको खुलाशा !

Diyo post  

काठमाडौं, १३ माघ । गत फागुन २८ गते त्रिभुवन विमानस्थलमा भएको युएस– बंगला एयरलाइन्स विमान दुर्घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

दुर्घटना भएको एक वर्षपछि प्रतिवेदन सार्वजनिक भएको हो ।


सरकारले उक्त दुर्घटना जाँच गर्नका लागि यज्ञ गौतमको नेतृत्वमा आयोग गठन गरेको थियो । प्रतिवेदनमा मुख्य दोषी पाइलट नै रहेको ठहर गरिएको छ । हरेक दुर्घटनामा मृतक पाईलटलाई नै दोषी देखाउने नेपालको हवाई दुर्घटना जाँचबुझ आयोगको प्रचलन नै रहेको छ ।


प्रतिवेदन अनुसार क्याप्टेन पाइलट अविद सुल्तान ‘इमोसनली डिस्टर्ब्ड’ रहेको बताइएको छ ।
पाइलटले आफ्ना कुनै पुराना प्रेमिकाको बारेमा सहायक–पाइलट पृथुलासँग गरेर समय समयमा चिच्याएको समेत रेकर्ड भेटिएको बताइएको छ ।


पाइलटले ककपिटभित्रै पटक–पटक चुरोट पिएको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिबेदन अनुसार क्याप्टेन सुल्तान युएस–बंगला एयरलाइन्सकै कुनै को–पाइटलसंग प्रेममा रहेको र सोही बंगलादेशको ढाकाबाट काठमाडौं उड्ने क्रममै झगडा परेको समेत देखिएको बताइएको छ ।

सम्बन्धित खबर