३३ किलो सुन र १४ करोड भ्रष्टाचारका ‘अभियुक्त’को गोप्य पाटो : कान्छी श्रीमतीलाई सुनैको भारी ! (तस्विर)

Diyo post  


काठमाडौं, १६ माघ । ३३ किलो सुन तस्करी प्रकरणमा निलम्बनमा परेका विमानस्थल भन्सार कार्यालयका तत्कालिन रेडियो अपरेटर श्याम कृष्ण च्यामु श्रेष्ठले साँढे १४ करोड बढी भ्रष्टाचार गरेपछि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


उनीमात्रै होइन परिवारका सबै सदस्यलाई छानबीनको दायरामा ल्याउनु पर्ने अख्तियारको ठहर छ । एउटा सामान्य रेडियो अपरेटरको अलिसानको बंगाला र करोडौँको अकुत सम्पत्ति आफैमा सन्देहस्पद छ । भक्तपुरको ठिमी घर भएका श्रेष्ठको अकुत सम्पत्ति देखेर उनलाई चिन्नेहरु नै ‘जिब्रो टोक्थे’ ।


दुई वटी श्रीमती विवाह गरेका श्याम कृष्ण कान्छि श्रीमती रेखा श्रेष्ठसँग बस्दै आएका छन् । यद्धपी सम्पति लुकाउन भने जेठी श्रीमतीलाई समेत प्रयोग गरिएको अख्तियार स्रोतको दाबी छ ।


‘निज श्यामकृष्ण च्वामु श्रेष्ठले निजकी जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र भाइ बुहारी रविना प्रधानाङ्गको नाममा आफूले गैर कानूनी रुपमा आर्जन गरेका सम्पत्तिहरू बदनियत साथ राखेको तथा लुकाए(छिपाएको माथि विवेचित आधार कारण र प्रमाणहरूबाट देखिन आएको हुँदा निजहरूको नाममा राखेका स्रोत नखुलेको चल अचल सम्पत्तिहरू साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६९ग० तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ तथा दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९९ख० बमोजिम जफत गरी पाउन मागदाबी लिई र सो चल अचल सम्पत्तिहरू जफत गर्ने प्रयोजनको लागि बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ, भाईबुहारी रविना प्रधानाङ्ग, श्रीमतीहरू तारादेवी श्रेष्ठ र रेखा श्रेष्ठलाई समेत प्रतिवादी कायम गरिएको छ,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


कान्छी श्रीमतीलाई गहनै गहना !


३३ किलो सुन तस्करी प्रकरणको छानबीनका क्रममा निलम्बनमा परेका श्रेष्ठले कान्छि श्रीमतीलाई गहनाले भरिपूर्ण बनाएका छन् ।

जेठी श्रीमतिलाई घरमै राखेर उनले आफूभन्दा निकै कम उमेरकी रेखा श्रेष्ठसँग विवाह गरेका थिए । स्रोतका अनुसार श्रेष्ठले विमानस्थलमा रेडियो अपरेटरको रुपमा कार्यरत रहँदा नै कान्छि श्रीमती रेखालाई गहनाले भरिपूर्ण बनाएका थिए ।


‘विहे, ब्रतबन्ध लगायत विभिन्न ठाउँमा हुने समारोहमा रेखा गहनै गहना लगाएर आउँथी,’ उनकी नजिककी मित्रले भनिन्,‘घाँटीमा लगाउने ठूला सुनका गहना हरेक समय फेरिएको हुन्थ्यो । पछि थाहा भयो उसको श्रीमान त विमानस्थलमा काम गर्दो रहेछ ।’

रेखाले आफूलाई ‘काली’ भनेर आफूलाई चिनाउन चाहने गरेको समेत उनका निकटस्थहरुले बताए ।
सामाजिक सञ्जालमा रेखाले निकै उत्तेजक र भद्दा तस्विर समेत सार्वजनिक गरेकी छिन् ।

तत्कालिन रेडियो अपरेटर श्रेष्ठले १४ करोड ६१ लाख भन्दा बढी रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सम्बन्धित खबर