काठमाडौँ, माघ १६ । वैकल्पीक सत्ताको अभ्यास गरिरहेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले बढ्दो डिजिटल दुनियाँलाई ‘फेस गर्न नयाँ शैनिक अवधारणा ल्याएको खुलाशा भएको छ ।
उसले नेताहरुको धरपकड र सरकारी सुचना प्रणालीलाई चुनौती दिनका लागि नयाँ साइबर सेनाको अवधारणा ल्याएको पाइएको छ ।
प्रत्येक विषय र घटनाक्रमको विद्युतीय प्रविधिबाट अध्ययन, विश्लेषण र निश्कर्ष निकाल्नका लागि उसले तयार पारेको विभिन्न डफ्फा शहरी भेगदेखि विदेशसम्म क्रियाशील भएको दावी सो पार्टीको विदेश विभागका जिम्मेवारले गरेका छन् । त्यसक्रममा सूचनाहरु अनलाइन न्युजपोर्टलदेखि फेसबुक, ट्वीटर, इमो,, इन्स्टाग्राम, र ह्वाट्सएपहरुबाट संकलित गरिने र निश्कर्षचाहिँ पार्टीले तोकेको नेतासहितको बैठकबाट निकाल्ने गरिएको, खेल्नुपर्ने भूमिका, पार्टीको धारणा, ब्यक्तिका अपराध पहिचान गर्नेजस्ता काम त्यो विधिबाट हुन थालेको छ ।
अहिले फौजी जिम्मेवारीमा रहेका कार्यकर्तालाई मोबाइलको प्रयोगमा कडाइ गरिएको छ । मोबाइलमार्फत व्यक्तिको खोजी गरिँदा राज्यसँग पहिचान गर्ने संयन्त्र भएका कारण सम्पर्कको वैकल्पिक माध्यमका रुपमा भाइबर वा अन्य सामाजिक सञ्जाललाइ अपनाउने, सामाजिक सञ्जालका अकाउण्टहरु गोप्य रुपमा राख्ने, संवाद सांकेतिक तवरले मात्र गर्ने क्रमको थालनी भएको छ ।‘यसो गरेन भने प्रकाण्ड समातिँदा सबै कुरा लिक भएजूस्तो हामी क्रमशः सकिँदै जाने भयौँ’, ती नेताले सुनाए ।
उता,, माघ ९ गते प्यूठानका देशभरिका जनसरकारको भेला राखिएको थियो । त्यहीअनुसार रोल्पाबाट मान्छेहरु प्यूठान झरे पनि । तर, राज्य तयारीबारे भरपर्दो सुचना पाएपछि तत्कालै योजना बदलेर अर्कै भूगोल र अर्कै शैलीमा कार्यक्रम सम्पन्न भएको ती नेताको दावी छ । ‘यो काम पनि साइबर युनिटबाटै भएको हो’ उनले सुनाए ।