‘नक्कली चेक दिएर’ मलेशियामा नेपालीलाई ‘बेवकुफ’ बनाएका हरि भट्टराईको अर्को ‘झूट’ पर्दाफास !

‘नक्कली चेक दिएर’ मलेशियामा नेपालीलाई ‘बेवकुफ’ बनाएका हरि भट्टराईको अर्को ‘झूट’ पर्दाफास !

दियोपोस्ट संवाददाता
मलेशिया, २९ पुस । गैर आवाशिय नेपाली संघका नव निर्वाचित अध्यक्ष हरि भट्टराईले नक्कली चेक दिएर मलेशिया स्थित नेपाली मजदुरलाई झुक्याएको खबर दियोपोस्ट डटकमले प्रकाशन गरेपछि मलेशियामा तरंग छाएको छ ।

गत भदौ ६ गते गैर आवाशीय नेपाली संघको सर्वसम्मत अध्यक्ष बनेका भट्टराईले एनआरएनए मलेशियाले बनाएको श्रमिक कल्याणकारी कोषमा ५० हजार रिंगेट अर्थात १३ लाख नेपाली रुपैयाँ दिएको चेक नै नक्कली भएको पाइएको थियो ।

यस विषयमा दियोपोस्ट डटकमले खबर छापेपछि घट्टरईले अर्को फर्जी स्टेटमेन्ट ‘विज्ञप्ति निकालेका छन् । जसमा उनले कल्याणकारी कोषको बैंक एकाउन्ट नै नभएका कारण आफूहरुले रकम जम्मा गरिदिन नपाएको र कोषाध्यक्षलाई जिम्मा लगाएको झूटो बयान उल्लेख गरेका छन् ।


दियोपोस्टलाई स्रोतले उपलब्ध गराएको प्रमाणहरु हेर्दा भने कल्याणकारी कोषको खाता रहेको पाइएको छ । प्रकाशित समाचार पश्चात चौतर्फी विरोध भएपछि भट्टराईले विज्ञप्तिमा भनेका छन्,‘श्रमिक कल्याणकारी कोषमा अध्यक्षले जम्मा गरेको ५० हजार रिंगेटसहित अन्य रकम मलेशियामा दुःख पाएका, समस्यामा परेका, जेल बसेका नेपालीहरुलाई स्वदेश फर्काउन खर्च गरिनेछ । तर, नेपाली दूतावासको सिफारिस र राहत समितिको निर्णय पछि मात्रै भनि पहिले नै यसको मापदण्ड तोकिएको छ । एनसीसी मलेशियाको आधिकारिक बैंक खाता नभएको अवस्थामा कल्याणकारी कोषको रकम प्रति प्रश्न नउठोस् भनेर अध्यक्षले दिएको ५० हजार रिंगेट संघका कोषाध्यक्ष कृष्ण प्रसाद नेपालसँगै राख्ने सहमति अनुरुप उक्त रकम कोषाध्यक्षसँगै रहेको प्रष्ट पार्न चहान्छौँ ।’


कल्याणकारी कोषको खाता हुँदा हुँदौ खाता नै नभएको भनेर दुनियाँलाई झूट बालेका भट्टराईले आफूले दिएको चेक आफ्नै नेतृत्वको कोषाध्यक्षसँग सुरक्षित रहेको भन्न भ्याएका छन् । स्रोतका अनुसार कोषाध्यक्ष भने भट्टराईकै कर्मचारी हुन् । श्रमिक कल्याणकारी कोष भनेको एनआरएन मलेशियाले स्थापना गरेको कोष हो । एनअरएनकै खातामा जम्मा भएको पैसा कोषले प्रयोग गर्ने हो ।


एनआरएन मलेशियाले मलेशियाको राजधानी क्वलालम्पुरमा रहेको सिएमआइडी बैंकमा खाता खोलेको थियो । खाता नम्बर ८६०२८८७८५५ रहेको छ भने खातावालाको नाम PERSATUAN KETURUNAN NEPAL–MALAYSIA KUALALUMPUR DAN SELLANGOR रहेको छ ।


भट्टराईले खाता नम्बर नै नभएको भनेर दुनियाँलाई ढाँटेपनि उनले कल्याणकारी कोषलाई दिनका लागि भनेर काटेको चेकमा भने यहि खातावालाको नाम छ ।

भट्टराईको धम्की,‘पत्रकार विरुद्ध कानुनी कारबाहीमा जान्छु’


नक्कली चेक दिएर बेवकुफ बनाउने भट्टराईको विषयमा दियोपोस्टले समाचार प्रकाशित गरेपछि उनले दियोपोस्टको प्रधानसम्पादकलाई टेलिफोन गरी आफ्ना विरुद्ध आएको समाचारबारे आत्मआलोचना गर्नुको सट्टा धम्की दिए ।

‘म तपाईं विरुद्ध लिगल एक्सनमा जान्छु । कोषाध्यक्षलाई किन सोध्नु भएन । मलाई किन सम्पर्क गर्नु भएन,’ उनले धम्की दिँदै भनेका थिए ।

एनआरएनए मलेशियाका अध्यक्ष भट्टराईले श्रमिक कल्याणकारी कोषलाई नक्कली चेक दिएको खुलाशा !

Trending News