धादिङ खुकुरी प्रहार प्रकरणः आक्रमणको निर्देशन दिने गुण्डा नाइके अशोक तामाङ पक्राउ

दियो पोस्ट  

धादिङ, माघ ८ । धादिङको खनियाँवास गाउँपालिका वडा नम्बर ४ दार्खामा गएराति भएको खुकुरी आक्रमणको मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय गुण्डा नाइके भनेर चिनिने अशोक तामाङलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी रविन्द्र रेग्मीले अशोक प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरेका छन् ।

गएराती करिब ११ बजे दार्खाकी स्थानीय तानमाया तामाङको घरमा छिरेर दुई जनामाथि खुकुरी प्रहार भएको थियो । स्थानीयहरुले अशोकको निर्देशनमा खुकुरी प्रहार भएको सुचना दिएपछि अशोकलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको एसपी रेग्मीले दियोपोस्टलाई बताएका छन् ।

खुकुरी प्रहारमा प्रत्यक्ष संलग्न रहेका नेत्रावती डबजोङका रामा तामाङ र रोशन तामाङलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

घटनाको अनुसन्धानको लागि भन्दै प्रहरीले केही स्थानीय साथै पीडित र पीडक दुबै पक्षका केही मानिसहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । एसपी रेग्मीले आफै घटनास्थल जाँदै गरेको बताएका छन् ।

गुण्डा नाइके अशोक तामाङ

गएराति भएको खुकुरी प्रहारबाट सान्त तामाङको मृत्यु भएको छ भने रविन तामाङ गम्भिर अवस्थामा काठमाडौँस्थित ग्रीन सिटी अस्पतालमा उपचार गराइरहेका छन् ।

घटनाका मुख्य योजनाकार भनिएका अशोक तामाङ धादिङ क्षेत्रमा गुण्डागर्दी गर्दै आइरहेका पेसेवर गुण्डा नाइके हुन् । उनि विभिन्न आपराधिक घटनामा समेत संलग्न रहि पक्राउ पर्दै आएका छन् ।

याे पनी

धादिङमा गुण्डागर्दीः खुकुरी प्रहार गरि एकको हत्या, एक गम्भिर घाइते