
काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु निरञ्जन कोइराला ‘निरू दा’ को निधन भएको छ । भारतको नयाँ दिल्लीमा रहेर व्यापार गर्दै आएका उनको आज कोरोना संक्रमणबा निधन भएको उनको परिवारले जनाएको छ ।
पर्यटन व्यवसायी र तत्कालीन पर्यटनमन्त्री रामहरि जोशीको विज्ञ सल्लाहकारसमेत रहेका कोइरालाको आईतबार निधन भएको उनका छोरा हिमान्सु कोइराला र भाष्कर कोइरालाले बताए ।
कोइराला विगत एक महिनादेखि नयाँदिल्लीको म्याक्स अस्पतालमा उपचाररत थिए ।
दाजु बिरामी परेपछि शेखर गत पुस १४ गते नयाँदिल्ली गएका थिए । उनी अहिले पनि नयाँदिल्लीमै छन् ।
निरञ्जन केशव कोइराला र नोना कोइरालाका छोरा हुन् । निरञ्जन नेपालको पञ्चायती शासनकाविरूद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय थिए।