काठमाडौं, १६ पुस । छायाँ सेन्टरका मालिकको गोटी बिनेर सम्पदा जोगाउने अभियान्ता भागवत नरसिंह प्रधानमाथि धम्की दिनेलाई कारबाही गर्न माग उठेको छ ।
उपत्यकामा क्रियाशिल २१ जना अधिकारकर्मी तथा अधिकारवादी संस्थाका प्रतिनिधिले प्रधानमाथि धम्की दिनेलाई कारबाही माग गरेका हुन् ।
राजधानीको कमलपोखरी कब्जा गरेर बनेको छायाँदेवी कम्प्लेस हटाउन माग गर्दै आन्दोलनको नेतृत्व गरेका प्रधानमाथि केही दिनअघि छायाँ सेन्टरकै मजदुरका अवरणमा केही व्यक्तिले धम्की दिएका थिए ।
‘नेवा समुदायको पहिचान र भूमिसँग जोडिएको थबहिल भगवान बहालको पोखरीलाई पूर्ण रुपमा मासेर व्यापार गर्नका लागि बनाईएको भवन भनेको छायाँदेवी कम्प्लेक्स हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो भवन निर्माणदेखि नै नेवा समुदायले सम्पदा मासेर व्यापारिक केन्द्र बनाउन नहुने र सो पलेस्वा पुखू अर्थात पोखरीलाई पोखरीकै रुपमा कायम गर्नुपर्ने अभियान सञ्चालन गर्दै आएको हो ।’
४३ जना भूमाफियाको मिलेमतोमा हडपीएको कमलपोखरीको जग्गामा निर्माण भएको छायादेवी कम्प्लेसमा काम गर्ने मजदुरको तर्फबाट सम्पदा अधकारकर्मी भागवत नरसिंह प्रधानलाई धम्की दिइएको थियो । उनको घरमै आएका कथित मजदुर नेताहरुले धम्की दिएका थिए ।
मेरो श्रीमतीलाई घरमै धम्की दिइयो । मलाई जीफन्टका सचिव बताउने राम बहादुर श्रेष्ठले धम्की दिनुभयो,’ भागवतले दियोपोस्टसँग भनेका थिए ।
छाया सेन्टरमा का मगर्ने १२ सय मजदुरको तर्फबाट भन्दै तीन नेताले उनलाई तीन दिने अल्टिमेटमसहित धम्की दिएका थिए ।