धादिङको नेत्रावतीमा दुर्घटना : लपाङको भिरबाट खस्यो स्वराज ट्रक (फोटोसहित)

दियो पोस्ट  

धादिङं, २३ पुस । धादिङको नेत्रावती डबजुङ गाउँपालिका वडा नम्बर १ लपाङखोलामा गाडी दुर्घटना भएको छ । खनियाबासको किन्ताङफेँदीबाट सदरमुकाम धादिङवेशी तर्फ आउँदै गरेको बा ३ ख ४१२८ नम्बरको स्वराज गाडी दुर्घटना भएको दुर्घटनास्थलबाट एक स्थानियले दियोपोस्टलाई फोन गरेर जानकारी दिए ।


दुर्घटनाबाट चालक गम्भिर घाइते भएका छन् । धादिङका एसपी महेन्द्र खड्कालाई घटनाबारे जानकारी लिन सम्पर्क गर्दा कुनै जानकारी आइनसकेको बताए । स्थानिय विनय अधिकारीका अनुसार उक्त गाडी कच्ची सडकबाट १५० मिटर तल खसेको छ । गाडी दुर्घटना भएको आफुले प्रत्यक्ष देखेको विनयले दियोपोस्टलाई बताए । धादिङ तर्फ आउँदै गरेका २ जना यात्रु भने सकुशल रहेका छन् ।

सम्बन्धित खबर