शरिरमा आगो लगाउने स्टण्ड गर्दा चितवनमा खेलाडीको मृत्यु, घटना लुकाएको खुलाशा ! (भिडियो)

दियो पोस्ट  

दियोपोस्ट संवाददाता
काठमाडौं, २३ पुस । पूर्वी चितवनको राप्ती नगरपालिका २ गडौलीमा एक युवाको रहस्यमयी रुपमा मृत्यु भएको पाइएको छ ।


स्थानिय विशाल चेपाङको मृत्युको घटना शंकाष्पद रहेको भिडियो प्रहरी स्रोतले दियोपोस्टलाई उपलब्ध गराएको छ ।


गत पुस १७ गते राजधानीको किर्तिपुर अस्पतालमा निधन भएका विशाललाई एक हप्ता अगाडी नै एउटा स्टन्ड देखाउने क्रममा सावधानी नअपनाउँदा गम्भिर दुर्घटना भएको पाइएको हो ।


दियोपोस्टलाई प्राप्त भिडियो अनुसार स्थानिय युवा क्लबको आयोजनामा कराँते खेलाडी र प्रशिक्षक समेत रहेका बिशालले आफ्नो शरिरमा पेट्रोल छर्किएर आगो लगाउँछन् । आगो लागेको शरिरमाथि मोटरसाइकल चढाएर पारगर्ने स्टन्ड देखाउन खोज्दा मोटरसाइल चालकले मोटरसाइकल उकाल्न सक्दैनन् । त्यतिनै उनको शरिरमा आगो बढ्दै जान्छ ।

स्टन्ट हेर्नेहरु पानी पानी भन्दै कराउँछन् । तर, पानी कतै भेटिँदैन । सहभागीहरुले आफ्नै ज्याकेट खोलेर आगो निभाउँछन् । तैपनि आगो नियन्त्रण हुँदैन ।

तर, आगो बढ्न थालेपनि आगो नियन्त्रण गर्ने वैकल्पिक व्यवस्था हुँदैन । सयौँको संख्यामा स्टन्ट हेर्न आएकाहरुले उनको शरिरमा लागेको आगो नियन्त्रण कोशिष गर्छन् । तर, आगो नियन्त्रण हुँदैन । आगो झनै बढेर जान्छ । स्रोतका अनुसार उनी त्यहाँबाट गम्भिर अवस्थामा अस्पताल पुर्याइएका थिए ।


स्थानिय युवा क्लबले आयोजना गरेको कार्यक्रममा सावधानी नपुर्याई विशालको शरिरमा आगो लगाइएको देखिन्छ । आगो लगाउनुअघि आगो नियन्त्रण गर्ने पानी लगायत अत्यावश्यक बस्तु नराखेरै स्टण्ड देखाइएको देखिन्छ ।


तर, स्थानिय युवाहरुले घटना लुकाउन गुण्डागर्दी शैलीमा दबाव दिएको पाइएको छ । उनीहरुको दबावमा मृतक विशालका बुवा प्रेम चेपाङले प्रहरीलाई झूटो बयान दिएको प्रहरी स्रोत बताउँछ । मृतक विशालका बुवालाई दियोपोस्टले सम्पर्क गर्दा उनले आफ्नो छोराको मृत्यु फोहोर आगो लगाउँदा जलेर गम्भिर घाइते भएपछि भएको झूटो प्रतिक्रिया दिए ।


तर, चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले घटनाको आफूहरुलाई जानकारी आएको र त्यहाँ स्टन्डमा समलग्न ‘हेलचेक्र्याइँबारे’ अनुसन्धान भइरहेको बताए ।

प्रहरीले उक्त भिडियोलाई समेत आधार मानेर विशालको मृत्युको कारक खोज्दैछ ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/Diyopost/videos/501750114122873/

TATA ADD