काठमाडौं २७ पुस । ‘पल्पसा क्याफे’ नारायण वाग्लेद्घारा लिखित नेपाली चर्चित उपन्यास हो ।
तत्कालीन माओवादी युद्ध, राजदरबार हत्याकाण्ड र त्यसले आम सर्वसाधारण जनतामा पारेको असर र विद्यमान सामाजिक अवस्थिति जस्ता समसामयिक विषयहरू समावेश गरिएको यो एक पठनीय पुस्तक हो।
यसै पुस्तकमा आधारित नाटक अब चाडै नै अनामनगर स्थित मण्डला नाटक घरमा हुने भएको छ ।
पल्पसा यानिकी उपन्यासकी मुख्य पात्रमा अभिनेत्री स्वस्तिमा खड्का रहेकी छन् ।
माओवादी युद्धताकाका एक चित्रकार, दृश्य, प्रमुख पात्रका रूपमा रहेको यो उपन्यास पुरै उनको वरिपरि घुमेको छ।
विमल सुबेदीको निर्देशन रहने उपन्यासलाई नाटकमा रूपान्तरण सुरज सुवेदी गरेका छन् । हाल नाटकको वर्कसपमा काम भइरहेको छ ।